Widgets

Home » » ४ दिनभित्र पूरक बजेट ल्याउँछुः अर्थमन्त्री ब्यबसायीले अनुदानको दुरुपयोग गरेको क्षेत्रीको गुनासो

४ दिनभित्र पूरक बजेट ल्याउँछुः अर्थमन्त्री ब्यबसायीले अनुदानको दुरुपयोग गरेको क्षेत्रीको गुनासो

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२३ चैत, काठमाडौं । अर्थमन्त्री शंकर कोइरालाले ४ दिनभित्र बजेट ल्याउने बताउनुभएको छ । नेपाल पश्मिना व्यवसायी संघको शुक्रबार राजधानीमा आयोजित १२ औं वाषिर्क साधरणसभामा बोल्दै उहाँले बजेटको तयारी पुरा भईसकेको बताउनुभयो ।
shankar-koirala
 ’तीन महिनाको लागि बजेट तयार भइसकेको छ’ कार्यक्रममा उहाँले भन्नुभयो- ‘४ दिनभित्रमा सार्वजनिक गछौर्ं ।’ बजेटको सीमाबारे केही नबताए पनि कोइरालाले बजेटमा कर, भन्सार, अन्तशुल्क लगाएतमा कुनै फेरवदल नगर्ने प्रष्ट पार्नुभयो । आगामी आर्थिक वर्षका लागि पूर्ण बजेटको तयारी गरिसकेको बताउँदै उहाँले निजी क्षेत्रलाई सुझावका लागि आग्रह गर्नुभयो ।
अर्थमन्त्री कोइरालाले पश्मिनाको निकासी बढाउन पाँचवटा ‘ब’ -विकास, विस्तार, विविधिकरण, बजारिकरण र ब्राण्डिङ) मा ध्यान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । पश्मिनाको निकासीमा अनुदान दिने प्रकृयालाई सरलीकृत गर्दै लगेको बताउँदै निकासी बढाउन व्यवसायीहरुको विचमा ऐक्यबद्धता हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय योजनाका उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्रीले सरकारले ब्यबसायीलाई उपलब्ध गराएको अनुदानको दुरुपयोग हुँदै आएको बताउनुभयो । व्यवसायीहरुले दाल निर्यात गरेको बिल देखाएर ८० प्रतिशतभन्दा बढी अनुदान लगेको भन्दै त्यस्तो कार्य नगर्न र इमान्दार बन्न ब्यबसायीलाई आग्रह गर्नुभयो ।
नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले पश्मिना व्यवसायीहरुलाई दिएका सेवा-सुविधामा कटौति नगरी थप गर्दै लैजाने विश्वास दिलाउनुभयो । निर्यातजन्य उद्योगहरुको विकास तथा विस्तार गर्न सरकारले ४ दशमलव ५० प्रतिशत व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउँदै आएको उहाँको भनाई थियो । ‘नेपाल उद्योग वाणिज्य महासंघले अघि सारेको एक जिल्ला एक उत्पादन कार्यक्रम अन्र्तगत एउटा-एउटा उत्पादनमा लगानी गर्न बैंकहरुलाई सुझाव दिएको छु’ उहाँले भन्नुभयो ‘लगानीका लागि बैंकहरु सकरात्मक छन् ।’
महासंघका अध्यक्ष सुरज वैद्यले साना तथा मझौला उद्योगले उत्पादन गरेका वस्तुहरुको निर्यातमा सहयोग पुर्‍याउन सरकारलाई आग्रह गर्नुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger