भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२३ चैत, क्वालालम्पुर । दुई साताअघि मलेसियाको जोहोरको पासिरगुडाङमा भएको घटनापछि मलेसियन प्रहरीले आफ्नो नियन्त्रणमा लिएका ९ जना नेपाली श्रमिकहरु विनाशर्त रिहा गरेको छ । घटनामा उनीहरुको संलग्नता नदेखिएपछि प्रहरीले पक्राउ परेका ९ जनालाई शुक्रवार विहान विना शर्त रिहा गरेको नेपाली दूतावासका द्वितिय सचिव चक्र सुवेदीले अनलाइनखबरलाई जानकारी दिनुभयो । रिहा हुनेहरुमा राजेश राययादव, रमेश वहादुर भुजेल, सन्तोष पौडेल, अमन गुप्ता, दलवहादुर वयम्वु, निलकण्ठ जैसी, पवन शाह, रगुन राई र मनोज सुनार रहेको सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार शुक्रवार रिहाई भएका कसैलाई पनि कुनै अभियोग लगाइएको छैन । पक्राउ परेका नौ जना नेपालीलाई आईपिके श्री आलामको अदालतमा लगिएको थियो । आक्रमणमा परी घाइते भएका उनीहरुलाई उपचारपछि प्रहरीले आफ्नो नियन्त्रणा लिएको थियो । उनीहरुसंगै घाइते भएका राजु विक केहि दिन अगाडि अस्पतालमा उपचार गरी फर्किएका छन । यस्तै अर्का घाइते रामलाल साहको शुक्रवार अप्रेशन हुने भनिएपनि केही दिन पछाडी सारिएको जानकारी अस्पतालले दिएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.