Widgets

Home » » तालु खुइलेलाई मुटुरोगको खतरा

तालु खुइलेलाई मुटुरोगको खतरा

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

तालु खुइलिनु केवल उमेर छिप्पिएको लक्षण मात्र होइन यो हृदयरोगको खतराको चिन्ह पनि हो । जापानमा गरिएको एक अध्ययनले तालु खुइलिएका मानिसहरुमा मुटु सम्बन्धि रोगको खतरा बढि हुने तथ्य पत्ता लगाएको छ ।
baldness
३७ हजार जापानीमा गरिएको अध्ययनले तालु खुइलेहरुमा मुटुरोगको खतरा तालु नखुइलिएकामा भन्दा ३२ प्रतिशत बढि हुन्छ । युनिभर्सिटी अफ टोकियोका अध्ययनकर्ताहरुका अनुसार तालु खुइलिन थाल्नु मुटुरोगको खतराको घण्टी बज्नु भएकाले तालु खुइलेहरुले स्वस्थ जिवनयापनमा अझ बढि ध्यान दिनुपर्छ । शोधकर्ताहरुका अनुसार धूमपान तथा मोटोपन मुटुरोगका लागि तालु खुइलिनु भन्दा निकै बढि खतरनाक भएकोले तालु खुइलिएकोमा बढि चिन्ता गर्नुभन्दा धूमपान, मध्यपान तथा मोटोपन नियन्त्रणतर्फ लाग्नु श्रेयष्कर हुन्छ ।
तालु खुइलिनु र मुटुरोगको खतरा बढ्नुबीचको खास सम्बन्ध अझै पत्ता लाग्न नसकेपनि वैज्ञानिकहरुका अनुसार पुरुष हर्मोनको अति संवेदनशीलता तथा इन्सुलिन प्रतिरोधी तथा रक्तनलीको खराबी जस्ता कारणहरुले मुटु र कपाललाई एकैपटक असर गर्छ । त्यसैले तालु खुइलिनु मुटुमा खराबी हुँदैछ भन्ने कुराको सूचक हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger