Widgets

Home » » वार्तामा नबस्ने ३३ दलको निश्कर्ष

वार्तामा नबस्ने ३३ दलको निश्कर्ष

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२३ चैत, काठमाडौं । चार राजनीतिक दलका नेताले राखेको वार्ताको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले अस्वीकार गर्नुभएको छ । सरकारले वार्ताका लागि औपचारिक चिठी लेखेपछि शुक्रबार बसेको ३३ दलको कार्यदलले समेत सरकार र चार दलसँग वार्तामा नजाने निश्कर्ष निकालेको छ । ‘एमाले अध्यक्ष झलनाथ खनालले वैद्यजीलाई र सुशील कोइरालाले उपेन्द्र यादवलाई वार्ताका लागि सम्पर्क गर्ने कार्यक्रम थियो ।’ प्रचण्डका सहयोगी शिव खकुरेलले अनलाइनखबरसँग भन्नुभयो-’वैद्यजीले कांग्रेस, एमाले र एमाओवादीसँग एक्लाएक्लै छलफल गर्न सकिने तर, चारदलसँग वार्ता नगर्ने जवाफ दिनुभयो ।’ खकुरेलका अनुसार कांग्रेस सभापति कोइरालाले पनि यादवसँग सम्पर्क गर्नुभएको र यादवले वार्तामा बस्ने सकारात्मक जवाफ दिनुभएको छ । चार राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बिहीबारको बैठकले असन्तुष्ट वैद्य र उपेन्द्र यादवको पार्टीसँग वार्ता गर्ने निर्णय गरेको थियो । त्यस्तै शुक्रबार बिहान मन्त्रिपरिषद अध्यक्ष रेग्मी र चार दलका नेतावीच बालुवाटारमा भएको छलफलमा पनि असन्तुष्ट दलहरुलाई वार्तामा बोलाउने निर्णय भएको थियो । त्यसलगत्तै सरकारले वार्ताका लागि औपचारिक पत्रसमेत पठाएको थियो । गंगबुको निश्कर्ष सरकार र चार दलले वार्ताका लागि आग्रह गरेपछि माओवादी अध्यक्ष मोहन वैद्यको निवास गोंगबुमा शुक्रबार विहान बसेको उक्त दलका नेताहरुले छलफल गरेको थिए । उक्त छलफलमा १ गते राष्ट्रपतिद्वारा जारी २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज गर्ने प्रतिवद्धता नआएसम्म वार्ता गर्नुको औचित्य नभएको निष्कर्ष निकालेको छ । ‘चैत १ गतेको २५ बुँदे खारेज नगरेसम्म वार्ता गर्नुको कुनै औचित्य छैन’ माओवादी सचिव देव गुरुङले अनलाइनखबरसँग भन्नुभयो । राष्ट्रपति मात्र वार्ता गर्ने हो ? भन्ने प्रश्नमा गुरुङले २५ बुँदे खारेजीबारे कुराकानी हुन सक्ने तर, अन्य विषयमा छलफल गर्नुको औचित्य नहुने बताउनुभयो ।त्यसैगरी शुक्रबार दिउँसो माओवादी कार्यालय शंखमूलमा ३३ दलको कार्यदलको बैठक बसेको छ । सो बैठकले वार्तामा नजाने भन्दै २५ गतेसम्मको आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको कार्यदलका सदस्य किशोर विश्वासले बताउनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger