भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२३ चैत, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने गरी ल्याएको पेट्रोलियम पदार्थ तथा ग्यास कारोबार नियमन आदेश तत्काललाई स्थगित गरेको छ ।
सरकारले फागुन ११ गते जारी गरेको आदेशको बिरोधमा आन्दोलनमा उत्रिएका ब्यबसायीसँग अपरान्ह आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाको उपस्थीतिमा मन्त्रालयमा भएको वार्तामा सरकारले आदेश तत्कालका लागि स्थगित गर्ने प्रतिबद्धता जनाएको छ ।
वार्तापछि संर्घष समितिका संयोजक एवं पेट्रोलियम ढुवानी ब्यबसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले अनलाइनखबरसँग भन्नुभयो-’सरकारले आदेश फिर्ता लिएको छ, अब ब्यबसायीसँगको परामर्शपछि संसदबाट मात्रै यो कानुन ल्याइने भएको छ ।’
सरकार ब्यबसायीसँग झुकेसँगै ब्यबसायीहरुले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन । पेट्रोलियम कारोबारमा नेपाल आयल निगमको एकाधिकार हुँदा उपभोक्ता ठगिएको र आपूर्ति पनि सहज हुन नसकेको गुनासो आएपछि सरकारले यो कारोबारमा निजी क्षेत्रलाई पनि प्रवेश दिने गरी गत फागुन ११ गते अध्यादेशमार्फत् आदेश जारी गरेको थियो ।
तर आयल निगमसँग बार्गेनिङ गरेर निरन्तर कमिसन बढाइरहेका पेट्रोलियम ब्यबसायी र आयल निमगको मिलेमतोमा सरकारको यो योजना तुहाइएको छ । जसका कारण अझै केही बर्ष नेपाली उपभोक्ताले इन्धनको अभावका नियति बेहोरिरहनुपर्ने भएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.