Widgets

Home » » कुटेरै भाँचे छोराले बाबुको खुट्टा

कुटेरै भाँचे छोराले बाबुको खुट्टा

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२३ चैत, गुल्मी । गुल्मीको धुर्कोट रजस्थलमा छोराले आˆनै बाबुको खुट्टा भाँचेका छन् । धुर्कोट रजस्थल गाविस – ९ निवासी तारापति भण्डारीलाई बुधबार राति खाना खाएर सुतेका बेला राति आˆनै छोरा जीवन भण्डारीले कुटेर गम्भीर घाइते बनाएका हुन् । घाइते भण्डारीको खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको स्थानीयवासीले बताएका छन् । परिवारजनका अनुसार बाबु छोराबीच अंशवण्डासम्बन्धी मनमुटाव बढ्दै गएको थियो । सोही विषयलाई लिएर कुटपिट भएको हुनसक्ने धुर्कोट प्रहरीले जनाएको छ । बुटवलमा होटल व्यवसाय गरी बसेका छोरा जीवनलाई झिकाउने प्रयास भएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनी राति नै बाबुलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेर बुटवल भागेका छन् । घाइतेको तम्घासमा उपचार हुन नसकेपछि पाल्पा पठाएको प्रहरीले जनाएको छ । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger