Widgets

Home » » चालक कुटपिटको विरोधमा एम्बुलेन्स बन्द

चालक कुटपिटको विरोधमा एम्बुलेन्स बन्द

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२३ चैत, लाहान । एम्बुलेन्स चालकमाथि भएको कुटपिटको विरोधमा सगरमाथा अञ्चल एम्बुलेन्स चालक एसोसिएसनले दोषीमाथि कारबाहीको माग गर्दै आज सम्पूर्ण एम्बुलेन्स सेवा बन्द गरेको छ ।
एसोसिएसनको आहृवानमा अहिले वडा प्रहरी कार्यालय लहानको मूलद्वारमा करिब दुई दर्जन एम्बुलेन्स जम्मा गरेर राखिएको छ ।
ambulance2
एसोसिएसनका अध्यक्ष श्रवण मण्डलले चालकलाई कुटपिट गर्नेमाथि कारबाही नभएसम्म एम्बुलेन्स बन्द गरेर प्रहरी कार्यालय अगाडि राखिने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी सुखीपुर उपशाखाको स१च ६५६ नं को एम्बुलेन्स चालक रामदयाल चौधरीलाई गएराति लहानस्थित सप्तऋषि अस्पतालमा लहान- ६ का देवनाथ साहले कुटपिट गरेका बताइएको छ । कुटपिटबाट चौधरीको देब्रे हातमा चोट लागेको छ ।
राति करिब ११: ३० बजेतिर सिरहा तुलसीपुर- १ की निलम साहलाई प्रसूति गराउन अस्पताल लिएर जाँदा आफूलाई अस्पताल पुगे लगत्तै साहले कुटपिट गरेको चालक चौधरीले बताउनुभयो ।
चालक कुटिएपछि एम्बुलेन्स चालकले आज बिहान ६ बजेदेखि लहानको अस्पताल चोकमा दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै करिब एक घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।
त्यसपछि घटनास्थल पुगेको प्रहरीले चालकलाइ कुट्ने साहलाई धरानमा पक्राउ गरिएको र बिहान १० बजेभित्र लहानमा हाजिर गराउने आश्वासन दिएपछि उनीहरु प्रहरी कार्यालय अगाडि एम्बुलेन्स बन्द गरेर बसेका हुन् ।
एम्बेलुन्स सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् । सप्तऋषि अस्पताल लहानका प्रमुख डा पशुपति चौधरीले एम्बुलेन्स सेवा बन्द हुँदा अस्पताल आउने जाने बिरामीलाई समस्या भएको बताउनुभयो । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger