Widgets

Home » » अध्यादेश नफेरिए प्रचण्ड र बाबुरामले चुनाव लड्न नपाउने - पाटन अदालतमा भेटियो बाबुराम र प्रचण्डविरुद्ध मुद्दा

अध्यादेश नफेरिए प्रचण्ड र बाबुरामले चुनाव लड्न नपाउने - पाटन अदालतमा भेटियो बाबुराम र प्रचण्डविरुद्ध मुद्दा

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२३ चैत, काठमाडौं । निर्वाचन आयोगले यसैसाता तयार पारेको संविधानसभा चुनावसम्बन्धी अध्यादेशमा परिमार्जन नभए एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभा चुनावमा भाग लिन नपाउने हुने भएको छ ।
आयोगद्वारा प्रस्तावित अध्यादेशको दफा २३ (ख) मा उमेद्वारले आफ्नो मनोनयत्र पेश गर्दा निजउपर सरकारवादी हुने मुद्दा कुनै अदालत या निकायमा नचलेको विवरण पेश गरिनुपर्ने नयाँ प्रावधान राखिएको छ । यो प्रावधान स्वीकृत भएमा प्रचण्ड र बाबुराम स्वयंले उमेद्वार बन्न पाउनुहुन्न ।
prachanda-baburam
पाटन पुनरावेदन अदालतमा बाबुराम र प्रचण्डसहित ५ सय ८६ जनाविरुद्ध फौजदारी मुद्दा फेला परेको छ । सिन्धुलीको भिमान प्रहरी चौकीमाथि आक्रमण गरी ४९ जना विभिन्न तहका प्रहरी कर्मचारीको हत्या गरेको र ५ लाख २२ हजार रुपैयाँको क्षति पुर्याइएको आरोपसहित पुनरावेदन अदालतमा यो मुद्दा चलेपछि तत्कालीन न्यायाधीश मिनेन्द्रबहादुर कार्की र केशरमान पतीले हेरेको यो मुद्दा को नम्बर रहेको छ ।
एमाओवादी नेता प्रचण्ड र बाबुरामलगायत प्राय सबै केन्द्रीय नेताहरुका नाममा देशैभरि अदालत या प्रहरी कार्यालयमा कुनै न कुनै फौजदारी मुद्दाहरुको रेकर्ड रहेको छ । निर्वाचन आयोगले मुद्दा लागेका व्यक्तिलाई उमेद्वार बन्न नदिने अध्यादेश तयार पारेपछि एमाओवादीले क-कसका नाममा मुद्दा दर्ता छन् भन्ने कुराको खोजी गर्ने जिम्मा केन्द्रीय सदस्य टोपबहादुर रायमाझीलाई दिएको छ ।
हेर्नुहोस् पाटन अदालतमा फेला परेको प्रचण्ड र बाबुरामसहित ५८६ जनाविरुद्ध मुद्दाको प्रमाण
Brb

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger