Widgets

Home » » काँग्रेसका दुई दर्जनबढी केन्द्रीय नेता विरामी महासमिति वैठकमा बिरामीलाई विशेष व्यवस्था

काँग्रेसका दुई दर्जनबढी केन्द्रीय नेता विरामी महासमिति वैठकमा बिरामीलाई विशेष व्यवस्था

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

congress flag२३ चैत, काठमाण्डौ । पार्टीको महासमिति वैठक नजिकिँदै गर्दा काँग्रेसभित्र अस्वस्थ नेताहरुको खोजी हुन थालेको छ । १२ औँ महाधिवेशन भएको २ वर्षपछि पहिलोपटक नवलपरासीमा बस्न लागेको महासमिति वैठकमा अस्वस्थ नेताहरुको लागि शान्त ठाउँमा बसोबासको व्यवस्था मिलाउन लागिएको हुँदा नवलपरासी कांग्रेसले त्यस्ता नेताहरुको सूची तयार पार्न लागेको हो ।
नवलपरासी कांग्रेसका सभापति देवेन्द्रराज कँडेलले महासमिति वैठकमा सहभागी हुनेमध्ये अस्वस्थ नेताहरुको संख्या झण्डै २५ देखि ३० जना रहेको जानकारी दिनुभयो । यस्ता अस्वस्थ नेताहरुमा महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, सुजाता कोइराला, मिना सुब्बा, लिला कोइराला लगायत छन् । उनीहरुलाई नवलपरासीका लोटस होटल, ग्रीन ल्याण्ड होटल, सुनवलको सनसाइन होटल, आशा होटल लगायतका सुविधासम्पन्न होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
यसवाहेक अन्य नेता, कार्यकर्तालाई भने वन्दसत्र हुने स्थल त्रिवेणीधाममा रहेको गजेन्द्रमोक्ष धाम आश्रममा बस्ने व्यवस्था मिलाइएको आयोजक समितिका संयोजक समेत रहेका काँग्रेस नवलपरासीका सभापति कँडेलले जानकारी दिनुभयो ।  महासमिति वैठकमा झण्डै २५ सयको हाराहारीमा नेता, कार्यकर्ता र अरु पाहुना सहभागी हुने अनुमान छ ।
चहलपहल शुरु
महासमिति बैठकको मिति नजिकिँदै गर्दा नवलपरासीमा काँग्रेस कार्यकर्ताको चहलपहल बढ्न थालेको छ । काँग्रेस महासमिति वैठकको तयारीमा गाउँ र जिल्ला तहका नेतादेखि कार्यकर्ताहरु जुटेका छन् । महासमिति वैठकको तयारीका लागि बिभिन्न समितिहरु बनाइएको छ ।
चैत २६ गते परासी बजारमा उद्घाटन हुने समारोहको मञ्च लगायतका व्यवस्थाको जिम्मा रामग्राम नगर कमिटीलाई दिइएको नवलपरासी सभापति कँडेलले जानकारी दिनुभयो ।
तयारी ९० प्रतिशत पूरा
आगामी चैत २६ देखि २९ गतेसम्म नवलपरासीको त्रिवेणीधाममा हुने महासमिति वैठकको तयारी करीब ९० प्रतिशत सकिएको आयोजक समितिले जानकारी दिएको छ । आयोजक समिति संयोजक देवेन्द्रराज कँडेलका अनुसार महासमिति वैठकका लागि तयारी गर्न गठन गठन गरिएको ५ सय २५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
मूल कार्यसमिति मतहातमा अन्य विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । नवलवसारीको परासी शहर बजार तथा गाउँ-गाउँमा काँग्रेसका झण्डा, गेट बनाएर शहर तथा गाउँ झकिझकाउ बनाउन कार्यकर्ताहरु लागि परेका छन् । परासी बजार, नगर, गाउँ तथा कार्यक्रमस्थल सिंगार्ने काम शुक्रबार विहानबाट सुरु भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger