Widgets

Home » , » कण्डमको बिकल्प अन्वान्टेड ७२ र प्राकृत यौन संपर्क

कण्डमको बिकल्प अन्वान्टेड ७२ र प्राकृत यौन संपर्क

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


यौन बच्चा देखि बृद्ध सम्मलाई आकर्षित गर्ने विषय हो । कुनै न कुनै प्रकारले हर उमेरका मानिसहरु यौन सम्वन्धि जिज्ञासालाई पुरा गर्न चाहिरहेका हुन्छन् । यतिबेला चारपांच वर्षकै उमेर देखि बालबच्चाहरुलाई यौन सम्वन्धि शिक्षा दिनुपर्ने बहस पनि चलिरहेको छ । विद्युतीय संचारमाध्यमा भनौं या समाचार पत्रिका सेक्सका विषयमा कुनै कुरा नभएको त कुनै हुदैन । युवती महिलाहरुमा नग्नता प्रति आकर्षण निकै बढेको छ । जति हुन्छ जसरी हुन्छ शरीरका संवेदनशील भागहरु बढी देखाउने उनिहरुमा होडवाजी नै चलेको छ । संक्षेपमा भन्नुपर्दा पि्रुसेक्सप्राक ृतिक यौन सम्वन्ध उन्मुख बन्दैछ हाम्रो समाज । युवापीढीमा बढदो नग्नता र पि्रुसेक्सले गर्दा आजकल प्रचारमा आएका चक्कीहरु पिल्स प्रति निकै आकर्षण बढेको छ । अनावश्यक गर्भका त्रासबाट बच्न र विविध रोगहरुबाट बच्न प्रयोगमा ल्याईने ।बहुप्रयोगमा आउने कण्डम प्रति युवा युवती दुवैले झिजो मान्न थालेको पाईएको छ । यो झिजोबाट पार पाउन उनिहरु आजकल बजारमा पाईने अन्वान्टेड ७२ जस्ता चक्कीहरु विना सोच विचार प्रयोगमा ल्याई रहेका छन् । आजकल विद्युतीय सन्चार माध्यमहरुमा व्यापकरुपमा प्रसारण हुने विज्ञापनमा गर्भनिरोधक सम्वधि पनि छन् । किशोर किशोरी युवा युवती अधवैंशे वा प्रौढ हर।उमेरकाको लागि आकर्षण बनेका गर्भनिरोधक उपायहरुका विज्ञापनमा यतिबेला अन्वान्टेड ७२ र आइ पीलको निकै प्रचार भैरहेको छ । किशोर किशोरी र युवा युवतीमा यी गर्भनिरोधक औषधिको प्रयोग एकदमै बढेर गएको छ । कण्डमको प्रयोगबाट आजित हुनेहरु र यस्बाट प्राकृतिक स्वादको अनुभूति नहुने भन्ठान्नेहरु आजभोलि व्यापक प्रचारमा आएका अन्वान्टेड ७२ र आइ पीललाई प्रयोगमा ल्याइरहेका छन् । यस्लाई आपातकालीन रुपमा प्रयोग नगरी प्रयोगकर्ताहरुल े सामान्य गर्भनिरोधक गोलीको रुपमा जथाभावी प्रयोग गरिरहेका छन् । यसैकारणपनि यी पिल्स चक्कीहरु लोकपि्रय भएका छन् । युवतीहरुलाई यी चक्कीहरुको प्रयोगमा कुनै खराबी देख्दैनन् । यथार्थमा गर्भनिरोधका लागि प्रयोग गरिने कण्डमको बिकल्प यी आपतकालीन चक्कीहरु हुन सक्तैनन् । महिलाहरुमा गर्भनिरोधका लागि कण्डमप्रति सकारात्मक अनुभूति नहोला प्राकृतिक स्वादको अनुभूतिमा फरकपन आउन सक्ला तर यी आपातकालीन चक्कीको जथाभावी र व्यापक प्रयोगले युवा महिलहरुमा शारीरिक र मानसिकरुपमा तनाव देखिन थालेको र उनिहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको चिकित्सकहरुले बताएका छन् । आजभोलि धेरै युवतीहरु लगातार इमर्जेन्सी कन्ट्रसेव्टिक्स र अवास्रन पिल्स ४५ दिन सम्मको गर्भका लािगंंं निकै प्रयोग गभर्छन् । उनीहरु आफै इन्टरनेटमा यिनको मात्राको हिसाब लगाएर यसबाट हुने असरबारे वास्तानै नगरी यस्को प्रयोग गर्छन् । उनीहरुलाई यस्को खरावी बारे कुनै वास्ता नै छैन । फलस्वरुप युवतीहरु वा युवा महिलाहरुमा यस्को गलत वा व्यापक प्रयोगले निकै समस्याहरु देखिएका छन् । यस्को बढी प्रयोगले या त भ्रुणहत्या एवस्रन अधुरै रहन्छ या बढी रक्तश्राव हुन्छ या मासिक धर्म रोकिन्छ । एक अध्ययनले विना कण्डम सेक्स दिमागको लागि फाईदाजनक छ भन्ने बताएको छ । वेस्ट स्कटल्याण्ड युनिवसर्िटीका स्टुअर्ट ब्राडी र उनका सहयोगीहरुले गरेको अध्ययनमा कण्डमविना यौन महिला पुरुष दुवैको मानसिक स्वास्थ्यका लागि फाईदाजनक भएको पाईएको छ । तर विना कण्डमको यौन सम्पर्क गर्भधारण र एड्स जस्ता रोगहरुको लागि खतारा भने रहन्छ । ब्राडीका अनुसार असुरक्षित यौन सम्वन्ध प्राकृतिक प्रकृया हो । यस्को धेरै फाइदा छन् । अध्ययनमा कण्डमको प्रयोग गरेर यौन सम्वन्धले केहि व्यक्तीहरुको मानसिक अवस्थाका निम्ति जिम्मेवार पाईएको देखाएको छ । पोर्तुगलमा कण्डम प्रयोग गर्ने ९९ महिला र १११ पुरुषहरुमा गरिएको अध्ययनमा यी मानसिक तनावमा रहेको पाईएको थियो । ब्राडीको भनाईमा जो असुरक्षित यौन सम्पर्क गर्छन उनिहरु अरु भन्दा तनाव मुक्त रहन्छन् र उनको मानसिक स्वास्थपनि राम्रो रहन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger