भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ चैत, काठमाडौं । नेकपा-माओवादीले वर्तमान सरकारले गर्ने संविधानसभा हुन नदिने घोषणा गरेको छ । जनआन्दोलन दिवसको अबसरमा शनिबार राजधानीको खुलामञ्चमा आयोजित सभामा माओवादी अध्यक्ष मोहन बैद्य किरणसहितका नेताहरुले चुनाव गरेर देखाउन सरकार र प्रमुख दललाई चुनौती दिएका हुन्।
माओवादी अध्यक्ष बैद्यले उच्चस्तरीय राजनीतिक समितिको कुनै हैसियत नभएको भन्दै वार्ता नगर्ने प्रष्ट पार्नुभयो । हामीलाई वार्तामा बोलाउने उच्चस्तरीय राजनीतिक समितिले हैसियत गुमाइसकेको छ’ उहाँले भन्नुभयो-’हैसियत नभएकासँग वार्ता हुन्न । खारेजीको माग गरिरहेको सरकारसँग पनि वार्ता गर्दैनौं ।’
प्रचण्ड बाबुरामले भने अनुसार सहमति गर्दै हिडेको भन्दै उहाँले कांग्रेस-एमालेले महंगो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो ।
सभालाई सम्बोधन गर्दै माओवादी महासचिव रामबहादुर थापा बादलले राष्ट्रिय स्वाधिनताका लागि लड्ने समय आएको बताउनु भयो ।
माओवादी नेताको सुरक्षामा राखिएको हतियार बुझाउन सरकारले दिएको समयसिमाप्रति सङ्केत गर्दै उहाँले भन्नुभयो, “ती नपड्कने थोत्रा हतियार लगे हुन्छ, हाम्रा लागि नयाँ हतियार कारखानामा बन्दै छन् ।” एमाओवादीले जनतालाई धोका दिएको बताउादै उहाँले जनताले मुक्ति नपाउादै एमाओवादीले क्रान्ति सफल भयो भनेर आत्मसमर्पण गरेको उल्लेख गर्नुभयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.