भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीलाई विश्वास नभएको र कांग्रेस बूढो गोरुजस्तो पार्टीको संज्ञा दिनुभएको छ ।
एमाले काठमाडौं क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको शनिबार उद्घाटन गर्दै वरिष्ठ नेता नेपालले अबको निर्वाचनमा एमालेलाई बुहमत दिन आग्रह गर्नुभयो । ‘कांग्रेस बूढो गोरुजस्तै हो, उसँग खेतपातीको आश गर्नु हुँदैन । माओवादी विश्वास नभएको पार्टी हो, उसले आफैंले गरेको सहमति उल्लंघन गर्छ’ नेता नेपालले भन्नुभयो-’यो देशमा संविधान बनाउन एमालेलाई बहुमत दिनुस् ।’
अघिल्लो संविधानसभामा माओवादीले धेरै सीट ल्याएकाले संविधान नबनेको उहाँको भनाइ थियो । कांग्रेस माओवादीका अगाडि लघारिने भन्दै उहाँले भन्नुभयो-’अरुको अगाडि लम्पसार गर्ने पार्टीले कसरी संविधान लेख्छ ?’ नेता नेपालले आउँदो संविधानसभा निर्वाचनमा एमालेसहितका हितैषी पार्टीहरूलाई दुई तिहाइ बहुमत ल्याउने गरी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले जातीय संघीयताका पक्षमा लागेर देश टुक्र्याउने कि बहुपहिचानसहित जातीय सद्भाव कायम राखेर मुलुकको राष्ट्रिय एकता वलियो बनाउने भन्ने प्रश्न खडा भएको भन्दै एमाओवादी ठूलो दल बने फेरि पनि मुलुकमा संविधान नबन्ने ठोकुवा गर्नुभयो ।
झाले पार्टी छाडेर केही फरक पर्दैन
एमाले वरिष्ठ नेता नेपालले शनिबार एमाओवादीमा प्रवेश गरेका पूर्वपोलिटब्युरो सदस्य रामचन्द्र झाले गम्भीर गल्ती गरेको बताउनुभयो । नेता झाले आगामी दिनमा नराम्ररी पछुताउनुपर्ने भन्दै उहाँले भन्नुभयो-’कुनै व्यक्तिका पछि आम जनता लाग्दैनन्, व्यक्ति र नेता त आउँछ, जान्छ तर पार्टी रहिरहन्छ, त्यसकारण झाले पार्टी छाडेर केही फरक पर्नेवाला छैन ।’
वरिष्ठ नेता नेपालले पार्टी परित्याग गर्ने नेताहरुलाई जुन थालमा खायो, त्यही थालमा प्वाल पार्ने प्रवृत्तिको संज्ञा समेत दिनुभयो ।
लोकतान्त्रिक शक्तिको बहुमत आउनुपर्छः ओली
यसैबीच एमाले नेता केपी ओलीले संविधान लेखनका लागि प्राज्ञिक, लोकतान्त्रिक र प्रजातान्त्रिक शक्तिहरूको बहुमत आउनुपर्ने बताउनुभएको छ ।
एमाले कपन गाउँ कमिटीले गरेको सातौं गाउँ अधिवेशनको उद्घाट्न गर्दै उहाँले लोकतान्त्रिक र प्रजातान्त्रिक शक्तिहरूको बहुमत आउन नसक्दा संविधानसभा नै भङ्ग भएकोले अव लोकतान्त्रिक र प्रजातान्त्रिक शक्तिहरूको बहुमत आउनुपर्नेमा जोड दिनुभयो । नेता ओलीले भन्नुभयो,-एमाओवादीको मुख्य उद्देश्य सक्ता कब्जा गर्ने थियो, संविधान लेख्नु थिएन, अघिल्लो संविधानसभाको निर्वाचनमा प्रजातान्त्रिक र लोकतान्त्रिक शक्तिको स्पष्ट बहुमत आएन, त्यसैले संविधान लेख्न सकिएन ।
उहाँले संविधानसभाको निर्वाचन कात्तिकको अन्तिम हप्ता र मंसिरको पहिलो हप्ता गरी दुई चरणमा गर्दा उपयुक्त हुने विचार राख्नुभयो । ‘संविधानसभाको निर्वाचनको मिति नसार्ने गरी, जुन मितिमा संविधानसभाको घोषणा गर्ने हो, त्यही मितिमा सम्पन्न गर्न सबै एकजुट भएर लाग्नुपर्छ-नेता ओलीले भन्नुभयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.