Widgets

Home » » यस्तो पनि हुँदो रै’छ राजनीतिमा कहिलेकाँही ! झालाई माला लगाउँदा बरबरिया चौरीमा

यस्तो पनि हुँदो रै’छ राजनीतिमा कहिलेकाँही ! झालाई माला लगाउँदा बरबरिया चौरीमा

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२४ चैत, काठमाडौं । एमाओवादी मुख्यालय पेरिसडाँडामा शनिबार दिउँसो एमाले नेता रामचन्द्र झालाई प्रचण्डले माला र अबीर लगाइरहँदा कार्यालय परिसरको दुबोमा प्रचण्डकोजस्तै ‘स्टालिन कट’ जुँगा पालेका एक व्यक्ति घोसेमुन्टो लगाएर बसिरहेका थिए । सकल रुप प्रचण्डकोजस्तै देखिने यी व्यक्तिले न त रामचन्द्र झालाई अबीर लगाए, न त उनलाई एमाओवादीमा प्रवेश गराइएको प्रति सन्तोष व्यक्त गरे ।
barbariya photo
राजनीति साँच्चै निर्मम नै हुँदोरहेछ । प्रचण्डको दाहिनेपट्टी बसेर मञ्चमा कानेखुशी गर्ने तिनै रामचन्द्र झा हुन्, जसले विगतको संविधासभा चुनावमा धनुषा क्षेत्र नं १ मा एमाओवादीलाई पराजीत गरेका थिए । र, झालाई प्रचण्डले माला र अबीर लगाइरहँदा चौरीमा बसेर झोक्राउने नेता चाहिँ उनै झाले संविधानसभामा पराजीत गरेका एमाओवादी उमेद्वार जोगकुमार बरबरिया यादव हुन् । एमाओवादीका केन्द्रीय सदस्य बरबरिया पार्टीमा श्रवण यादव नामले समेत चिनिन्छन् ।
यो पनि पढ्नुस
शनिबार नेकपा एमाओवादीमा प्रवेश गरेका झाले गत संविधानसभा चुनावमा धनुषा क्षेत्र नं १ बाट एमालेका नाममा १२ हजार १ सय ८३ मत ल्याएर श्रवण यादवलाई हराएका थिए । दोस्रो स्थान हासिल गरेका एमाओवादीका यादवले ९ हजार ६ सय ८ मत ल्याएका थिए । झाले यादवलाई २५ सय ७५ मतले हराएका थिए ।
संविधानसभामा आफैंलाई चुनाब हराउने मान्छेलाई आफ्नै शीर्ष नेताले माला र टीको लगाएर पार्टीमा प्रवेश गराएको यादवको मनले मानेन । शीर्ष नेताहरुले उनलाई विश्वनाथ साहलाई झै ड्यासमा आएर बस्न पनि व्यक्तिगतरुपमा आग्रह नगरेका होइनन्, तर, उनले झासँगै आफ्नो फोटो देखे भने धनुषाका जनताले खेद्छन् भन्दै ड्यासको साटो चौरीमै बस्न उपयुक्त ठाने ।
रामचन्द्रको पार्टी प्रवेश कार्यक्रममा अर्को रोचक पाटो पनि देखियो । पार्टीमा उच्च जिम्मेवारी दिने लिखित बचनसहित प्रवेश पाएका झाले मधेसका आफ्ना प्रतिश्पर्धीलाई चुनौती र अर्ती अवसरका रुपमा पनि मञ्चलाई राम्रैसँग सदुपयोग गरे । राजनीतिमा सानो चित्त गर्न नहुने झाको शिक्षाप्रद वाणी सोझै श्रवण यादवको कानमा ठोकियो । झाले शिक्षामात्रै दिएनन्, चुनौतीसमेत दिन भ्याए । उनले पार्टीमा प्रवेश गर्नेक्रममै एमाओवादीभित्रका असन्तुष्टलाई डाँटे – ‘क्षमता छ भने मलाई जितेर अघि बढे हुन्छ, मसँग प्रतिश्पर्धा गरे हुन्छ ।’
एमाओवादीमा नेता बन्न १० वर्ष जनयुद्ध लडिरहनुपर्दैन र माओवादीकै विरोध गरे पनि प्रतिश्पर्धामा अरुलाई सहजै जित्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण देखिएको थियो शनिबार पेरिसडाँडामा । दृश्य आफैं बोलिरहेको थियो, एकातिर महाभारत जितेजस्तो विजयी मुद्राका झा, अर्कातिर हस्तिनापुर गुमाएजस्तो पराजीत मुद्राका बरबरिया । आखिर राजनीतिमा यस्तो पनि दिन आउँदोरहेछ ।
नवप्रवेशी झाले सिद्धान्ततः गलत बोलेका हैनन् । स्थानीय र अन्य हरेक किसिमका अन्तरविरोधहरु राजनीतिबाट निर्देशित हुन्छन् भन्ने झाको भनाइ सही हो । तर, श्रवण यादवले आफ्ना नजिकका व्यक्तिहरुसँग भन्ने गरेका छन्, रामचन्द्र झा विगतमा एमालेमात्रै थिएनन्, उनले एमालेको विचारभन्दा पनि पछाडि हटेर जनयुद्धकालमा माओवादीका धेरै कार्यकर्ताहरुलाई पक्राउन र मृत्युको मुखमा पुर्याउनसमेत भूमिका खेलेका थिए । आखिर कसको कुरा पत्याउने ? कसको भनाइ सही मान्ने ?
उनै रामचन्द्रले अहिले चौरीमा बसेका बरबरियालाई सम्झाउँदैछन्, राजनीतिमा सानो चित्त नगर्नोस् । के उसोभए ठूलो चित्त गर्ने झाले एमाओवादीका पुारना मधेसी नेतालाई स्थायी समिति वा पदाधिकारीमा पठाएर आफू कनिष्ठ केन्द्रीय सदस्य मात्रै बन्ने बिशाल छाती देखाउलान् ? यसबारे स्पष्ट हुन एमाओवादीको आगामी बैठकसम्म कुर्नैपर्ने हुन्छ । शारीरिकरुपमै अग्लो कदका झाले भनिसकेका छन् हिल लगाएरमात्रै मान्छेको उचाय बढ्दैन ।
ramchandra 1पुराना भन्ने जनयुद्धकालीन नेताहरुमा पनि संकीर्णता नभएको होइन । जनयुद्धभन्दा पछिबाट आउनेलाई उनीहरुले नेता मान्न हिच्किचाउने गरेकै छन् । रामचन्द्र झाको पार्टी प्रवेशसँगै एमाओवादीमा, विशेष गरी मधेसी नेताहरुमा यस्तोखालको समस्या सतहमा आएको छ । एमाओवादीले यो समस्यालाई सुल्झाएन भने एमाओवादीमा पैह्रो झालाई गरिएको स्वागतले आफ्नै पार्टीमा सुनामी चल्न सक्छ ।
शनिबारको कार्यक्रममा केन्द्रीय सदस्य प्रभु साह र रामरिझन यादव उपस्थित थिएनन् । श्रवण यादव र विश्वनाथ साहलाई रामचन्द्रको पार्टी प्रवेश कार्यक्रममा अन्तरक्रिया भनेर बोलाई अन्तिम घडीमामात्रै जानकारी दिइएको थियो ।
स्थायी कमिटीको आश्वासन
झालाई पार्टीको स्थायी समितिमा ल्याउने आश्वासन प्रचण्डले आजभन्दा दुईवर्ष पहिले नै दिइसकेको मधेसी नेताहरु बताउँछन् । ‘प्रचण्डजीले उहाँलाई दुई वर्षअघि नै स्थायी समितिमा ल्याउँछु भनेर वचन दिइसक्नुभएको छ । मधेसका नेताहरुलाई सहमतिमा नलिई गरिएको कार्यप्रति हामीलाई चित्त बुझेको छैन ।’- मधेसी मूलका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने ।
एमाओवादीको केन्द्रीय समितिमा हाल पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो सदस्यहरुको कार्यविभाजन हुन बाँकी छ । आगामी बैठकले कार्यविभाजन गर्ने क्रममा झालाई स्थायी कमिटीमा ल्याउने तयारी भए पनि मधेसी नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger