Widgets

Home » » प्रचण्ड वैशाख १ गते चीन जाने

प्रचण्ड वैशाख १ गते चीन जाने

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी वैशाख १ गते चीन भ्रमणमा जानु हुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा प्रचण्डसहितका नेताहहरु चीन जान लागेको हो । अध्यक्षसहितको साना टोली वैशाख १ गतेबाट चीन भ्रमणमा जाने तय भएको छ’ नेता हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नुभयो-’भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुनेछ ।’ उहाँका अनुसार भ्रमणका क्रममा प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसहितका उच्च नेताहरुसँग भेटवार्ता गर्नु हुनेछ । चीनबाट फर्किए लगतै प्रचण्डले भारतको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । ‘भारतबाट पनि निम्तो आएको छ’ गजुरेलले भन्नुभयो-’चीनबाट फर्किएलगतै भारत जाने कुरा छ ।’ प्रधानमन्त्री भएको समयमा भारत गएयता प्रचण्डले दिल्ली भ्रमण गर्नु भएको छैन । एमाले महासचिव भारत प्रस्थान यसैबीच नेकपा एमालेका महासचिव ईश्वर पोखरेल भारत भ्रमणका लागि सोमबार कोलकाता प्रस्थान गर्नुभएको छ । भारतीय कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनमा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको हो । महासचिव पोखरेलका साथमा पार्टीका विदेश विभाग सचिव केशव पाण्डेसमेत हुनुहुन्छ । नेताद्वय बिहीबार स्वदेश र्फकने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger