Widgets

Home » » नायिका हुँ भनेर गर्ब गर्ने ठाउँ छैन !

नायिका हुँ भनेर गर्ब गर्ने ठाउँ छैन !

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नेपाली सिने क्षेत्रमा पढेलेखेका र बौद्धिक कलाकारहरु नआएको आरोप लागिरहेको बेला पछिल्लो समयमा केही बौद्धिक कलाकारहरुको आगमन भइरहेको छ ।यही भिडमा नायिका निशा अधिकारी पनि सिनेमा वुझेकी र वौद्धिक नायिकाका रुपमा चिनिन्छिन् । चलचित्रकर्मीहरुले सुरु गरेको आन्दोलनमा साथ दिन अनशनमा बसेको समयमा नायिका अधिकारीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी कसरी हेर्नुभएको छ चलचित्रकर्मीले गरेको आन्दोलनलाई ? यदि माग पुरा भयो भने यो सिंगो सिनेमा क्षेत्रका लागि नै राम्रो हो । मलाई एकदमै खुसी लागेको छ किनकी, अहिले भएपनि सबै चलचित्रकर्मीहरु आफ्नै नेतृत्वमा नीति नियम हुनुपर्छ भनेर एकजुट हुनुभएको छ । आन्दोलन चलेको लामो समयपछि मात्र तपाई अनशनमा आउनुभयो नि, कहाँ हराउनुभएको थियो ? म रौतहटमा शितलहरबाट पीडित नागरिकलाई कम्मल बाढ्न पुगेकी थिएँ । यसपछि चितवन महोत्सवमा पनि पुगे । तर पनि चलचित्र कलाकार संघको सह कोषाध्यक्ष भएका नाताले मैले सबै कुराको जानकारी लिइरहेकी थिएँ । के सरकारले चलचित्रकर्मीलाई उपेक्षा गरेको हो ? मलाई सिनेमा क्षेत्रलाई मात्र सरकारले हेला र उपेक्षा गरेको छ जस्तो लाग्दैन । किनकी, यतिबेला सबै क्षेत्रमा सरकारको आखा गएको छैन । फेरि हामी सिनेमा क्षेत्रलाई हाक्न सक्ने विज्ञ व्यक्ति मागिरहेका छौं । मलाई त के लाग्छ भने, यदि हाम्रो क्षेत्रमा सरकाले विज्ञ मानिस पठायो भने सबै क्षेत्रले पनि विज्ञ मानिसको लागि आन्दोलन गर्न सक्छौ । अनि राजनीतिक दलका नेताहरुले कसरी आफ्ना कार्यकता भर्ती गर्न पाउलान् र हैन ? आफ्ना कार्यकता भर्ती गर्न नपाएपछि उहाहरुको राजनीति पनि चौपट हुन्छ, भोली चुनावमा उठ्दा आफ्नै कार्यकर्ताले साथ नदेलान् भन्ने डर होला, यसैले पनि सरकार र मन्त्री ज्यू डराउनुभएको होला । होइन भने आफैले लिखित हस्ताक्षर गरेको प्रतिबद्धता पुरा नगर्नु कतिसम्म लाजमर्दो कुरा हो भन्नुहोस त । बोर्डको अध्यक्ष बन्न प्रस्ताव आयो भने, के गर्नुहुन्छ ? मैले अहिले सम्म यसको बारेमा कल्पना पनि गरेको छैन, र अझै १० बर्ष कल्पना गर्न पनि सक्दिन । किनकी, म यो क्षेत्रमा लागेको नै बल्ल ४ बर्ष भयो । म राम्रोसँग सबैलाई चिन्दा पनि चिन्दीन । फेरि लगाम हातमा लिएर घोडामाथि सुत्यो भने के हुन्छ, सबै भताभुङ्ग हुन्छ नि हैन । यसैले पनि हामी यो क्षेत्रमा विज्ञ र वुझेको मानिसको खोजीमा छौ, जुन क्षमता अहिले मसँग छैन । सिनेमा क्षेत्रको बारेमा वुझेको, नीति नियम बनाउन जान्ने र सिनेमा नगरीलाई आर्थिक रुपमा समेत सबल बनाउन सक्ने मानिस चाहिन्छ । सरकारले एक महिना आन्दोल गर्दा पनि सुनेन, अब कसरी अघि बढ्दा राम्रो होला ? यो कसैको निजी स्वार्थका लागि गरिएको होइन । आफैले बिचार पुर्‍याउनुपर्ने ठाउँमा यति धेरै अनशन बसेर झकझकाउदा पनि सरकाले मान्दैन भने यो भन्दा दुखद र लाजमर्दो कुरा के हुन सक्छ । फेरि उहाँहरुले आश्वासन दिनु भएको छ, आश्वासन समेत दिएर पुरा नगर्नु भनेको सरकारले सिनेकर्मीलाई वेवास्ता गरेको हो । तर कलाकारको क्षमता र बोलिको प्रभाव कति सम्म हुन्छ भन्ने कुरा सरकारले अड्कल काट्न सकेको छैन । यो आन्दोलनमा सबै चलचित्रकर्मीले साथ दिएका छैनन् हो ? हामी अहिले नै एकजुट भएर अघि बढ्न सकेनौ भने कहिले सक्दैनौ । विशेषगरी म नायिकाहरुलाई के भन्न चाहन्छु भने, हाम्रो समयमा नभए पनि आउने पिँढीले राम्रो नीति नियम पायो भने पक्कै पनि यो क्षेत्र सबैका लागि भविष्य बुन्ने राम्रो कर्मथलो हुनसक्ने थियो । नायिकाहरु यो क्षेत्रमा आउँदा पनि टाउको ठाडो बनाएर हिड्न सक्ने थिए । र कुनै पनि बुवा आमाले मेरो छोरी नायिका हो भनेर गर्बका साथ भन्न सक्ने थिए, यसैले सबैलाई आन्दोलनमा साथ दिन आग्रह गर्दछु ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger