भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
क्यानबरा , चैत्र २५ - दाह्री र कपाल कटाउँदा दिक्क महसुस गर्नेका लागि अस्टे्रलियाको सिड्नीमा पहिलोपटक खोलिएको 'हटकट' सैलुनमा थामिनसक्ने गरी ग्राहक आउन थालेका छन् । त्यहाँ टपलेस (नग्न छाती) सहित महिला हेयर ड्रेसरले सेवा दिन्छन् । ग्राहकलाई पेयपदार्थ पनि पस्किने गरिन्छ । बढ्दो व्यापारले यो सैलुनमा ग्राहकलाई पर्खेर कामदारहरू बस्नुपरेको छैन । लगातार बजिरहेको फोनको घन्टीमा अगि्रम बुकिङ भइरहेको हुन्छ । टपलेस कपाल काट्नेहरूले गर्दा यहाँ ग्राहकको आकर्षण बढेकोमा द्विविधा छैन । कम ग्राहक आएको देख्दा यो नयाँ सोच आएको हटकटका संस्थापक साहुनी २६ वर्षे बोजटेक बासिलेवस्कीलाई उद्धृत गर्दै सोसल हाइप डट कमले जनाएको छ । अस्ट्रेलियाजस्तो मुलुकमा पनि यो कार्य सहज थिएन । बिकिनी पहिरनमा सेवा दिने थुप्रै भेटिए पनि उनलाई नयाँ परिकल्पनाअनुरूप टपलेस भएर सेवा दिन मञ्जुर कामदार खोज्न १८ महिना लाग्यो । 'सेवा दिनेसँग नबोलीकन शिर झुकाएर कपाल कटाउनु निकै उदेकलाग्दो समय हुन्छ,' उनी भन्छिन्, 'यो क्षणलाई रमाइलो बनाउन मात्र खोजिएको हो ।' त्यहाँ ग्राहकलाई पेयपदार्थ र गफ गर्नलाई एक टपलेस स्टाइलिस्ट उपलब्ध गराइन्छ । उनले यो कार्यका लागि निकै विरोधको सामना गर्नुपर्यो । प्रतिद्वन्द्वीले उनीमाथि नग्नता फैलाएको समेत आरोप लगाए । धेरैजनासँग नाइट क्लब र बारमा गएर टपलेस युवतीसँग भेट्ने समय नहुने गरेको उनको तर्क छ । उनको अनुसार यहाँ ग्राहकको नाइट क्लबमा जाने रकम बच्नुका साथै कपाल कटाउने क्षण मज्जाले बित्छ । सेवा र मनोरञ्जन साथसाथ उक्त सैलुनको नारा हो । उक्त सैलुनको बेबसाइटमा 'हाम्रो सैलुनमा अपेक्षा गरिएको सब थोक छ, हाम्रा कामदार हट र टपलेस दुवै छन्, हेयर ड्रेसरको दुर्लभ अंगको दर्शन गर्दै कपाल कटाउनुस्, पखाल्नुस् र रंगाउनुस् ।'
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.