Widgets

Home » » स्ववियु निर्वाचन जेठ १३ गते नेविसंघको अनसन तोडियो

स्ववियु निर्वाचन जेठ १३ गते नेविसंघको अनसन तोडियो

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

tu

काठमाडौ, चैत्र २४ - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आगामी जेठ १३ गतेका लागि तोकेको छ । प्रत्येक २ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन ०६५ सालयता हुन सेकेको छैन । त्रिवि कार्यकारी परिषद्को शनिबार बसेको बैठकले उक्त तिथी तय गरेको हो । त्रिविका रेक्टर गुणनिधी न्यौपानेले शुक्रबार बसेको त्रिवि सभा बैठकले मिश्रित प्रणालीबाट स्ववियु निर्वाचन गराउने बाटो खोलेपछि तिथी तय भएको बताए । मिश्रित प्रणालीमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट उपाध्यक्ष र सहसचिवको निर्वाचन स्ववियु पदाधिकारीबाट हुने तथा ५० प्रतिशत प्रत्यक्ष र ५० प्रतिशत समानुपातिक पद्दतिबाट कार्यसमिति चयन गरिने प्रावधान राखिएको छ । यसैबीच, स्ववियु निर्वाचन माग गर्दै नेपाल विद्यार्थी संघले थालेको आमरण अनसन तोडिएको छ । अनसनकारीसंग शनिबार बिहान तत्काल निर्वाचनको तिथी तोकिने त्रिवि प्रशासनले प्रतिवद्धता जनाएपछि अनसन तोडिएको थियो । स्ववियु निर्वाचनको तिथि, त्रिवि शैक्षिक क्यालेन्डरको कडाईका साथ पालना लगायतको माग राखेर नेविसंघ आन्दोलरत् थियो । ११ दिन रिले अनसन बस्दा माग सुनुवाई नभएपछि नेविसंघका ५ जना विद्यार्थी बिहीबारदेखि उपकुलपति कार्यालय अगाडि आमरण अनसनमा बसेका थिए । नेविसंघका प्रवक्ता युपी लामिछानेले स्ववियु निर्वाचन तिथी र आगामी शैक्षिक सत्रदेखि कडाईका साथ शैक्षिक क्यालेन्डर लागु गर्ने सम्बन्धमा त्रिवि विद्यार्थी तथा खेलकुद शाखा प्रमुख गंगाबहादुर थापा र अनसनमा बसेका त्रिवि नेविसंघ ईकाई सभापति कैलाश कोइरालबीच लिखित सम्झौता भएको बताए । नेविसंघले स्ववियु निर्वाचनलाई पनि त्रिविको क्यालेन्डरमा समावेश गरिनुपर्ने भनेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger