भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, चैत्र २४ - गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचन गर्ने सरकारको महत्वपूर्ण अभिभारा भएको उल्लेख गर्दै संविधानसभाको निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् । रानीवन नासिढोका खानेपानी तथा सरसफाइ तथा सरसफाइ उपभोक्ता समितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनले भने,‘निर्वाचन गर्ने अभिभारा सरकारको काँधमा छ, यस कार्यमा सघाउन सबैलाई आग्रह गर्दछु ।’ सरकारको प्रत्येक गतिविधि निर्वाचनमा लगाउने उल्लेख गर्दै गृहमन्त्री घिमिरेले संविधानसभाको निर्वाचनबाट नै राज्यले निकास पाउने भएकाले त्यस कार्यमा सरकार सत्प्रयास लाग्ने छ, भने । उनले सक्दो छिटो संविधानसभाको निर्वाचन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । गृहमन्त्री घिमिरले आफ्नो टोलको विकासका लागि स्थानीय जनताको सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै स्रोत र साधनको व्यवस्थापन गरेर आयोजनालाई पूर्णता दिन निर्देशन दिए । उपभोक्ता समितिलाई गुणस्तरीय र आर्थिक पारदर्शितालाई विशेष ध्यान दिन आग्रह गर्दै उनले साधन र स्रोत जुटाउनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.