Widgets

Home » » मिङ्सको ‘इट्स ह्यापेन’

मिङ्सको ‘इट्स ह्यापेन’

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

गायिका मिङ्स लामाले आफ्नो डेब्यु एल्बम ‘इट्स ह्यापेन यट टु बी’ बजारमा ल्याएकी छिन् । एल्बमको काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा बिमोचन गरिएको थियो ।यो एल्बमलाई बिकासा इन्टरटेनमेन्टको प्रस्तुतीमा ग्रेट म्युजिकले बजारमा ल्याएको हो । एल्बममा च्याङ्गवा, मरो मन, जन्म जन्म, कस्तो माया बस्यो, कस्तो माया लाएछु र सम्झना गरी ६ वटा गीतहरु समाबेश गरिएको छ । एल्बममा समावेश गीतमा शंकर अधिकारी ‘घायल’, ओम बिक्रम बिष्ट, सन्दिप पुडासैनी, कमलमान सिंह, प्रमोद निर्वाण, नबिनमान ब्लोनको शब्द छ । यस्तै गीतमा शंकर पौडेल, ओम बिक्रम बिष्ट, सन्दिप पुडासैनी, कमलमान सिंह, प्रमोद निर्वाण र नबिनमान ब्लोनको संगित समावेश गरिएको छ ।
कार्यक्रममा ‘कस्तो माया बस्यो’ बोलको गीतको भिडियो समेत प्रस्तुत गरिएको थियो । यो भिडियोमा पल शाह र प्रशंसाले अभिनय गरेका छन् । पल शाह कै सम्पादन तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्मालेे छायाँकन गरेका हुन् । पछिल्लो समयका ब्यस्त निर्देशक बिकास सुबेदीको निर्देशनमा तयार भएको भिडियोको छायाँकन धुलिखेलमा गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger