भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

पुरुषमा हुने नपुसंकताको लक्षण पत्ता लगाउन मुस्किल पर्छ । साधारणतया नपुसंकताका कारण शरीरमा उपलब्ध हर्मोनको गढबढी वा त्यसको कमी नै हो । यस किसिमको लक्षण पत्ता लगाउन असम्भव छ । हर्मोनको परिवर्तन जुन बेलामा पनि हुन सक्छ । कुनै समय तन्दुरुस्त पुरुष कुनै दुर्घटनापछि पनि नपुसंक हुन सक्छ । यसरी नपुसंकताबारे यकिन गरेर भन्न कठिन छ । यद्यपि, केही सामान्य आधारलाई लिएर पनि नपुंसकताको निक्र्योल गर्न सकिन्छ । यहाँ पुरुषमा हुने बाँझोपन या नपुसंकताका केही लक्षण प्रस्तुत छ ।- नपुसंकताकै कारण पुरुष उत्तेजित हुन सक्दैन । - पीडित पुरुषको लिंग उत्तेजित अवस्थाको कडारूपमा हुँदैन, भइहालेमा पनि तुरुन्तै शिथिल भइहाल्छ । - सम्भोगको समयमा पुरुष शीघ्र स्खलित हुनु । - सम्भोगको दौरानमा अचानक लिंगको कठोरतामा कमी आउनु । - सम्भोग गर्नुभन्दा अघि या सम्भोगको दौरानमा तनाव उत्पन्न हुनु । - सामान्यतया: नपुसंक व्यक्तिको लिंग तथा अन्डकोष छोटो हुने र ठीक तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ । - नपुसंकताकै कारण व्यक्तिले थकान महसुस गर्दछ, उसमा आत्मविश्वासको कमी हुने र मानिससँग कुरा गर्ने दौरानमा पनि छटपटाहट हुने गर्छ । - पीडित पुरुष भीडदेखि डराउँछन् र महिलासँग कुरा गर्न या नजिकिन भिँmजो मान्दछन् । नपुसंकताको उपचार पनि छ । नपुसंकताको सम्बन्ध सिधा ज्ञानेन्द्रियसँग हुने गर्छ । कतिपय पुरुष यसमा जागरुक हुन सकिरहेका हुँदैनन् । कोही संकोच मानेर चिकित्सकसँग सल्लाह गर्न पनि मानिरहेका हुँदैनन् । त्यसैले पनि यो समस्या बढेर गइराखेको हुन्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.