भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
माइक्रोसफ्ट अफिस २०१० बाट विभिन्न कठिनाइ महसुस गरिरहनुभएको छ भने यो खुसीको कुरा हुनसक्छ। माइक्रोसफ्ट कम्पनीले केही समयमै अफिस प्याकेज-२०१३ बजारमा ल्याउन लागेको छ। कम्पनीले जनाएअनुसार अहिले यो सुविधा परीक्षणका साथै आन्तरिक प्रयोगमा आइसकेको छ। अफिस-२०१३ मा विभिन्न भर्सन सार्वजनिक गर्ने तयारीमा रहेको माइक्रोसफ्टले अफिस-२०१० को तुलनामा यो फिचर निकै प्रभावकारी र सरल हुने बताएको छ। अहिले घरेलु प्रयोजनका लागि ल्ााइसेन्स दिने प्रक्रिया प्रारम्भ भएको र प्रोफेसनल प्लस-२०१३ का लागि प्रति प्रयोगकर्ता ९ दशमलव ९५ अमेरिकी डलर लाग्ने कम्पनीले जनाएको छ। अहिले उपलब्ध प्रोफेसनल प्लस-२०१३ भर्सन भोलुम आधारको सिस्टम हो। यो नयाँ भर्सनमा अफिसको वर्ड, एक्सेल, पावरप्वाइन्ट, आउटनोट, आउटलुक, एक्सेस, पब्लिसर, वेब आदि प्रायः सबै सुविधा उपलब्ध हुनेछ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.