भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एउटा सर्वेक्षणले अमेरिकामा प्रतिमिनेट २४ जना बलात्कृत हुने गरेको देखाएको छ। औसतमा प्रतिमिनेट २४ जना महिलाले आफ्नो साथी वा जीवनसाथीबाट बलात्कार वा यौनजन्य हिंसाको सामना गर्नुपरिरहेको उक्त सर्वेक्षण-प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार ५ मा १ महिला तथा ७१ मा १ अमेरिकी पुरुष जीवनमा कम्तीमा एकपटक बलात्कारको सिकार हुने गरेका छन्। अधिकतम महिला २५ वर्षको आसपासमा बलात्कृत हुने गरेका छन् भने ४२ दशमलव २ प्रतिशत महिलाले १८ वर्षकै उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन्। अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गरेको सर्वेक्षणमा १ दशमलव २ करोड महिला तथा पुरुष यौनहिंसाको सिकार भएका छन्। यस्तो हिंसाको सिकार भएका महिलाहरूले आफूलाई पति वा नजिकको साथीले बलात्कार गर्न खोजेको बताएका छन् भने अन्यले चिनेजानेका व्यक्तिबाटै त्यस्तो दुव्यर् वहार हुने उल्लेख गरेका छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.