Widgets

Home » » सिर्जना सुब्बा (अभिनेत्रि) - सेक्सबारे धारणा राख्न

सिर्जना सुब्बा (अभिनेत्रि) - सेक्सबारे धारणा राख्न

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सेक्सबारे धारणा राख्न आउँदैन मोडलिङ हुँदै रंगमञ्चलाई रोजेकी मोरङ, राजघाटकी सिर्जना सुब्बा अहिले रंगमञ्चमार्फत नै चिनिएकी छिन् । यहाँसम्म आइपुग्दा एक दर्जन म्युजिक भिडियोमा मोडलिङ पनि गरिसकेको उनी बताउँछिन् । सिर्जना अहिले रंगमञ्चमै व्यस्त छिन् । आवाज, दीपशिखा तथा लुटजस्ता आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी सिर्जना अफर आयो भने चलचित्र निरन्तरता दिने सुरमा छिन् । 'म कलाकार हुँ, यो गर्छु, त्यो गर्दिँन भन्दिनँ,' उनले आफ्नो निर्णय बताइन्। सुब्बाले मैना, कुमारजी आज्ञा गर्नुहुन्छ, चेरीको बगैंचा, माइला डटकम, साहुनीको पसलमा माइलाको व्यापार, चरणदास चोर, मिस जुली-जुली मैयाँजस्ता नाटकमा अभिनय गरिसकेकी छिन्। उनी लिम्बू चलचित्रकर्मी संघ तथा जनजाति चलचित्र संघमा पनि आबद्ध छिन्। मोडलिङ, अभिनय एवं रंगमञ्चमा एकसाथ व्यस्त सिर्जनासँग घर आएका बेला भएको जम्काभेट ः दिनचर्या कसरी बितिरहेको छ ? नाटकमै व्यस्त छु । अहिले 'डिग्री माइलो' को मञ्चन गर्नका लागि रिहर्सल गर्दैछु । तपाईं कहिलेदेखि रंगकर्ममा हुनुहुन्छ ? २०६२ सालदेखि म रंगमञ्चमा आएकी हँु । त्यसभन्दा अघि मोडलिङ गर्थें । मोडलिङमार्फत रंगमञ्चमा आएकी हुँ । काठमाडौंमा रहदाँ-रहँदै चिनेजानेका दाइहरूमार्फत मलाई नाटक खेल्ने अफर आयो । पश्चिमाञ्चलमा भएको कार्यक्रममा भाग लिए, पश्चिमाञ्चल क्षेत्रीय थिएटर अवार्ड-२०६२ पाएकी थिए। काम खुलेर गर्नुपर्छ भन्ने मेरो पहिलेदेखिकै सोचाइ, बुभmदै गएपछि यो क्षेत्र राम्रो लाग्यो, त्यहीअनुसार अहिलेसम्म निरन्तरता दिइरहेकी छु । के चाहिन्छ थिएटर आर्टिस्ट बन्न ? पहिलो कुरा दृढ संकल्प हुनुपर्छ। मान्छेमा कुनै पनि काम गर्ने इच्छा भएर मात्र हुँदैन, गर्छु भन्ने आँट हुनुपर्छ। यस्तो काममा तत्काल रिजल्ट आउँदैन गर्दै जाँदा अवश्य फल प्राप्त हुन्छ। अभिनय कत्तिको गाह्रो छ त ? नाटक चलचित्रजस्तो विधा होइन । वास्तविकता उतार्न चानचुने मेहनतले सम्भव छैन, तर बारम्बार त्यही काम गरिरहेपछि राम्रो हुँदै जाँदो रहेछ । यो क्षेत्रमा काम गर्दै जाँदा म त पृथक् क्षेत्रमा पो लागेकी रहेछु भन्ने अनुभव हुन्छ । लुटले तपाईंको करियरमा कत्तिको फाइदा पुग्यो ? मलाई सिर्जना सुब्बाभन्दा पनि लुटकी पुतली भनेर चिन्न थालियो। मेरो फिल्मी करियरलाई लुटले निकैमाथि उठाएको छ । चलचित्र र नाटकमा के भिन्नता पाउनुभयो ? चलचित्रमा तत्काल भएको विषय देखाउन असम्भव हुन्छ तर नाटकमा 'करेन्ट इस्यु' देखाउन सकिन्छ । चलचित्रमा अभिनय सजिलो छ भने नाटकमा मेहनत बढी गर्नुपर्ने हुन्छ । मोडलिङ, रंगमञ्च र चलचित्रमध्ये कुनबाट बढी सन्तुष्टि मिल्छ ? मलाई त रंगमञ्चबाट नै सन्तुष्टि मिलेको छ । मैले अभिनय पनि रंगमञ्चमै खुलेर गर्न पाएकी छु । रंगकर्मी र फिल्मकर्मीको जीवनस्तरमा के फरक छ ? फरक त नहुनु पर्ने हो । आखिर रंगकर्मी पनि कलाकार हुन् र चलचित्रकर्मी पनि । फिल्मकर्मीहरू बढी 'एक्सपोज' खोज्छन् । जस्तै नायिकाह रूलाई हेरौं न, उनीहरू चाहिनेभन्दा बढी एक्सपोज गरेजस्तो लाग्छ । चलचित्र क्षेत्रमा आउने युवतीहरू असुरक्षित छन् भनिन्छ नि ? यो आफूमा भर पर्ने कुरा हो, मैले अहिलेसम्म असुरक्षित अनुभव गरेकी छैन । आम्दानी कस्तो छ ? हाइफाई त होइन, नर्मल जीवन चलिरहेको छ । भविष्य कस्तो देख्नुभएको छ ? राणाकालमा थिएटर भन्नेबित्तिकै निकै राम्रो मानिथ्यो तर अहिले त्यत्तिको छैन । नाटक वास्तविकता हो । कतिपयले चलचित्रभन्दा नाटक हेर्नु भन्छन् । काठमाडौंमा बसेकाहरूले केही बुझेका छन् तर उपत्यकाबाहिरका दर्शकहरूले यसको बृहत्तालाई नबुझी सडक नाटकमात्र बु∆छन् । यसको गहिराई बुभmनु आवश्यक छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger