Widgets

Home » » दाहालले मुख खोले-असारमा निर्वाचनको सम्भावना कम

दाहालले मुख खोले-असारमा निर्वाचनको सम्भावना कम

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

prachanda

काठमाडौ, चैत्र १९ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, एमाले र निर्वाचन आयोगको तयारी अपुग भएका कारण असारमा निर्वाचन हुने सम्भावना कम हुँदै गएको बताएका छन् । उनले असारमा निर्वाचन हुनुपर्नेमा आफ्नो पार्टीको जोड भए पनि कांग्रेस, एमालेको इच्छाशक्ति र निर्वाचन आयोगको प्राविधिक तयारीका कारण त्यो सम्भावना कम हुँदै गएको बताएका हुन् । केन्द्रीय समिति बैठकमा दाहालले आइतबार बोल्दै आफूले प्रमुख दलको बैठकमा असारमा निर्वाचन गर्ने कुरा गर्दा एमाले अध्यक्ष झलनाथ खनालले ठट्टामा उडाएको सुनाए । निर्वाचन कात्तिक वा मंसिर सर्ने सम्भावना भएको उनको भनाइ छ । 'कांग्रेस, एमालेले असारमा चुनाव चाहेका छैनन् । असारमा चुनाव भए माओवादीको पोल्टामा परिणाम आउने भएकाले उनीहरूले आलटाल गरिरहेका छन्,' दाहालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य विश्वनाथ साहले भने, 'निर्वाचन आयोगको ऐन संशोधन र अन्य प्राविधिक तयारी पनि बाँकी छ । त्यसकारण असारमा निर्वाचन हुने सम्भावना कम हँुदै गएको छ ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger