Widgets

Home » » पारस रिह्याब सेन्टर भर्ना

पारस रिह्याब सेन्टर भर्ना

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पूर्व युवराज पारस शाह थाइल्याण्डस्थित एक रिह्याब सेन्टरमा भर्ना भएको छन्। अस्पतालबाट डिस्चार्ज हुनासाथ बैंककबाट चांगमाइ गएका पारस त्यहाँस्थित चान्स रिह्याब सेन्टर भर्ना भएका हुन्।'डिस्चार्ज पश्चात अस्पतालका मुटु सम्बन्धी डाक्टरको सल्लाह अनुसार अझ धेरै सवाधानी अपनाउनुपर्ने र उपचार जारी राख्नुपर्नेछ', पूर्व राजा ज्ञानेन्द्रका सचिव फणि पाठकले विज्ञप्ति जारी गर्दै भनेका छन्- 'मौसूफको उपचार कम्तिमा ९० दिन उक्त केन्द्रमा हुनेछ।' पारसका लागि मुटुसम्बन्धी उपचारको व्यवस्था समेत रिह्याब सेन्टरमै मिलाइएको छ। सामाजिक सञ्जालहरुमा उनी नेपाल फर्किने चर्चा चलिरहेका बेला पाठकले उनको नेपाल फर्किने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन्। उनले परिवारका अन्य सदस्यहरु पनि तत्काल नफर्किने उल्लेख गरेका छन्। 'उपचारको क्रममा रहिबक्सेकाले मौसूफको तत्काल नेपाल फिर्ता हुने कार्यक्रममा छैन', पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'उपचारको सबै व्यवस्था मिलाइसकेपछि मात्र परिवार सदस्यहरु स्वदेश फिरी बक्सने कार्यक्रम रहेको छ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger