Widgets

Home » » सिरहा एलडिओ निवासमा बम विस्फोट

सिरहा एलडिओ निवासमा बम विस्फोट

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
लहान, चैत १६- जिल्ला विकास सिरहाका एलडिओ निवासमा बम विष्फोट भएको छ। बम विष्फोटबाट एलडिओ क्वाटरको माथिल्लो तल्लामा ओछयाइएको कार्पेट र झयालमा क्षति पुगेको छ। तीन/चार जनाको समूहले एलडिओ निवासमा केही फालेको केहीबेरमै विष्फोट भएको स्थानीयले बताए। प्रत्यक्षदर्शीका अनुसार फालेको केहीबेरमै उनको निवासमा आगो लागेको थियो। विष्फोटका बेला भवन खाली रहेकाले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। आगो प्रहरीले निभएका छन्। घटनास्थलमा अहिले ब्यापक प्रहरी परिचालन गरिएको छ। घटनाको जिम्मेबारी तराई कम्युनिष्ट पार्टी नामक भूमिगत संगठनले लिएको छ। सिरहा जिल्ला एसटिएफ कमाण्डर कृष्ण मधेसीले घटनाको जिम्मेवारी लिँदै स्थानीय विकास अधिकारी विजयराज सुवेदी जिल्ला विकासलाई भ्रष्टाचारको केन्द्र बनाइ अतुक सम्पत्ति आर्जन गरेकाले चेतावनीस्वरुप यो विष्फोट गराइएको सञ्चारकर्मीलाई बताए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger