Widgets

Home » » युवती अपहरण गर्ने प्रहरी जवान निलम्बनमा

युवती अपहरण गर्ने प्रहरी जवान निलम्बनमा

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रौतहट, चैत १६- युवतीको अपहरण अभियोग लागेका प्रहरी जवान झबुलाल यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटले निलम्बन गरी छानबिन टोली गठन गरेको छ। बिहीबार खेतमा काम गरिरहेकी राजपुर तुलसी-९ मलहिनियाकी एक युवतीलाई अपहरण गरी गौरतर्फ लैजाँदै गर्दा स्थानीयले हजमिनिया चोकमा पक्राउ गरी प्रहरीलाई बुझाएको थियो। जिल्ला प्रहरीले शुक्रवार निलम्बन गरेर हिरासतमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए। प्रहरी नायब उपरीक्षक कृष्णप्यारा खरेलको संयोजकत्वमा पीडिततर्फका समेतलाई राखी पाँच सदस्यीय छानबिन टोली गठन गरेर आजैदेखि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीको आचरणविरुद्ध काम गरेको भन्ने गुनासोको निराकरण गर्न तत्काल निलम्बन गरिएको प्रहरी उपरीक्षक परियारले बताए। पर्सा जिल्लाको उदयपुर घुर्मी-४ का यादव जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत जवान हुन्। प्रहरी जवान यादवले केटीसित बीस दिनदेखि नियमित सम्पर्कमा रहेको र उनकै इच्छाअनुसार घुमाउन लैजाँदै गरेको अवस्थामा स्थानीयले जबरजस्ती गरी अपहरणको आरोप लगाएको प्रतिक्रिया दिएका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger