Widgets

Home » , » कसरि भईन बार डान्सर ............

कसरि भईन बार डान्सर ............

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


स्टेजमा रंगीबिरंगी बत्ती बलिरहेको छ । साथमा चर्को आवाजमा गीत बजिरहेको छ, ‘छुनलाई होइन, हेर्नलाई पाइन्छ, उध्रेको छ यो चोली, त्यै पनि लाइन्छ…’ । त्यही गीतको हाउभाउमा नाचिरहेकी छिन्, कविता -नाम परिवर्तन) । केही क्षणमा गीत सकिन्छ । तर, बत्ती निभ्दैन । तुरुन्तै सुरु हुन्छ नयाँ हिन्दी गीत, ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए..’ । तर, कविताको ठाउँमा अर्कै एक युवती स्टेजमा देखापरिसकेकी छिन् । कविता फ्लोरमा बसेका ग्राहकनजिक जान्छिन् र चर्को गीतको आवाजका कारण ग्राहकको कानैमा गएर सोध्छिन्, ‘दाइ, के ल्याउ“, मलाई जुस त खुवाउने होला नि ?’ ‘होइन केको जुस, तिमीलाई त म ज्यानै दिन तयार छु नि, कम्ताकी राम्री छौ तिमी,’ उत्तर पूरा हुँदा नहुँदै कवितालाई अर्को टेबलमा जाने हतार भइसकेको छ । अर्को टेबलमा पनि उनको त्यही प्रश्न । गोरो अनुहार, प्रकाशमैत्री र छोटा कपडाले कवितालाई सुन्दर देखाएको छ । झट्ट हेर्दा उनको जीवनको रंग अत्यन्तै रमाइलो जस्तो लाग्छ । तर, उनको कथा सुन्ने हो भने उनको यो अवस्था त सोकेसमा सजाइएको कुनै सुन्दर फूल मात्रै हो भन्ने सहज अनुमान हुन्छ । ‘अब त यही पेसामा लागेको ६ वर्ष भइसक्यो, विगत सम्झँदा पनि मुटु भक्कानिएर आउँछ’ कविता भन्छिन्, ‘सुरुमा बारमै भए पनि नाचगान गर्दा कलाकार हुने बाटोमा छु भन्ने लागेको थियो तर कहाँ त्यसो रहेछ र ? आखिर सरसंगतले रात्रिजीवन नै प्यारो लाग्न थालेको छ ।’ रात्रिजीवन प्यारो नलागोस् पनि किन, कविताले काठमाडौँलाई पाँच वर्षसम्म दिउँसोको चर्को घाम या झरीमा हेर्नै पाएकी छैनन् । रातभर ठमेलको डान्सबारमा काम गर्ने उनी दिनभर सुत्छिन् । साँझ उठेर केही गर्न पाएको हुँदैन, रेस्टुरेन्टबाट फोन आइहाल्छ, ‘तिम्रो डिमान्ड आयो, चाँडै आऊ न ।’ उनले काम गरेको रेस्टुरेन्ट चारतले घरको तेस्रो तलामा छ । सिँढी उक्लिँदै तेस्रो तलासम्म पुग्दा उनले ठूलो स्वरमा बजाइएको गीत सुन्छिन्, ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’ । तर, मनमनै गीत गुनगुनाउँदै सिँढी उक्लिन्छिन्, ‘जिन्दगीले यसरी धोका दियो कि भाग्य आफ्नो बुझ्नै सकिनँ…।’ उनी भन्छिन्, ‘यो भर्‍याङ चढ्दा मैले कहिल्यै पनि खुसीका गीत गाएकी छैन, सधैँ विरहका गीत गाउनुपर्छ । मलाई थाहा छ, एकछिनपछि म मुन्नी बदनाम हुई गीतमा नाच्दै छु, तर सिँढी उक्लदाँ किन-किन जिन्दगीले धोका दिएको गीतको नै याद बढी आउँछ ।’ कवितालाई १५ वर्षकी हुँदासम्म काठमाडौंको एउटा बारमा नाच्छु भन्ने लागेकै थिएन । विद्यालयमा जेहेनदार विद्यार्थीका रूपमा उनको चर्चा हुन थालिसकेको थियो । नहोस् पनि किन, कक्षा आठसम्म उनी कहिल्यै दोस्रो भइनन् । ‘त्यतिवेला त सबैले मलाई माया गर्थे,’ उनी भन्छिन्, ‘माया त अहिले पनि गर्छन्, तर त्यो वेलाको माया र अहिलेको माया, कुन हिसाबमा पो दाँज्न मिल्ला र ?’ सिन्धुपाल्चोकको एउटा गाउँमा रमाइरहेको उनको जवानीले उनलाई नै धोका दियो । जब उनका बाबुले दोस्री आमा ल्याए, उनकी आमाले उनलाई पनि छाडेर अरू कसैसँग गइन् । त्यसपछि एक्लो भएको उनको जवानीमा साथ दिन आए गाउँकै एक युवक । त्यो युवकले उनलाई प्रपोज गरे, ‘काठमाडौं हिँड, म तिमीलाई एउटा जागिर लगाइदिन्छु ।’ पढ्दापढ्दैको स्कुल छाडेर उनलाई काठमाडौं आउन पटक्कै मन थिएन तर घरमा बस्ने वातावरण पनि त थिएन । ‘त्यसपछि म एक रात त्यो दाइसँग भागेर काठमाडौं आएँ,’ उनी विगतलाई सम्भिmन्छिन्, ‘तर ती दाइले मलाई राम्रो ठाउँमा जागिर लगाउन सकेनन् ।’ सुन्दर अनुहार, छरितो शरिर र बाहिरी मुस्कान लिएर भित्र जति नै पीडा भए पनि एकदिन उनी ठमेलमा हाल काम गरिरहेको बारमा पुगिन् । उनको सुन्दरतालाई देखेर बारमा सहजै उनलाई काम दिने निर्णय गरियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger