Widgets

Home » , » बागलुङको निर्वाचन कार्यालयमा तोडफोड

बागलुङको निर्वाचन कार्यालयमा तोडफोड

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

baglnug

बाग्लुङ, चैत्र १५ - बागलुङ जिल्ला निर्वाचन कार्यालय बागलुङमा बिहीबार अज्ञात समूहले आक्रमण गरी भौतिक क्षति पुर्‍याएको छ । कार्यालयको कम्प्युटर, पि्रन्टर, फोन, टेवलमा राखिएको सिसा लगायतका सामाग्रीहरु तोडफोड भएको निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए । फोटो सहितको मतदाता नामावली संकलनको काम भइरहेको समयमा उक्त तोडफोड भएको हो । तोडफोड गर्न आएकाहरु मुख छोपेर आएकोले पहिचान नभएको उपाध्यायले बताए । तोडफोड पछि कार्यालयका कर्मचारीहरु तनाबमा रहेका छन् । कार्यालयको सुरक्षाका लागि प्रजिअ महादेव पन्थ, प्रनाउ सुरेन्द्रबहादुर गुरुङ लगायत कार्यालयमा पुगेका छन् । निर्वाचन क्रियाकलापलाई बहिस्कार तथा अवरोध गर्दै आएको नेकपा- माओवादीले उक्त घटना घटाएको अनुमान गरिएपनि यकिन भएको छैन । माओवादीले घटनाबारे केही बताएको छैन । प्रहरीले पनि घटनाबारे छानविन गरिरहेको बताएको छ । घटना भएको कार्यालय जिल्ला प्रहरी कार्यालयको आमनेसामने छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger