Widgets

Home » , » संविधानसभा निर्वाचनामा सहयोग गर्ने भारतको प्रस्ताव

संविधानसभा निर्वाचनामा सहयोग गर्ने भारतको प्रस्ताव

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

jayanta prasad

काठमाडौ, चैत्र १५ - भारत सरकारले संविधानसभा निर्वाचनका लागि प्राविधिक लगायत अन्य आवश्यक सहयोग गर्ने प्रस्ताव गरेको छ । भारतीय राजदूत जयन्तप्रसादले बिहीबार चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसंग भेटेर सहयोगको प्रस्ताव गरेको हो । भारत सरकार संविधानसभा निर्वाचनका लागि प्राविधिक लगायत अन्य सहयोग गर्न तयार रहेको भेटमा राजदूत प्रसादले प्रस्ताव गरेका मन्त्रिपरिषद् अध्यक्ष रेग्मीका प्रेस सहयोगी राजेन्द्र पाण्डेले ईकान्तिपुरलाई बताए । नयाँ सरकार गठन भएपछि सरकार प्रमुख रेग्मीसंग भारतीय राजदूतले पहिलो पटक भेटेको हो । सहयोग गर्ने भारतीय प्रस्तावको प्रत्युत्तरमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले निर्वाचन आयोगका पदाधिकारीसंगको परामर्शपछि आवश्यक सहयोग लिन सकिने बताए । नेपालको संवैधानिक, राजनैतिक र कानुनी जटिलतालाई चिर्दै नयाँ सरकार गठन भएकोमा भारतीय राजदूत प्रसादले आफ्नो सरकारको तर्फबाट स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नेपालको शान्ति र संविधान निर्माणको प्रक्रियामा भारत सदैव सकारात्मक रहेको प्रसादको भनाई रहेको पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार लामो समयदेखि रही आएको दुई देशबीचको सम्बन्ध अझ दिगो हुनेमा दुवै तर्फबाट विश्वास व्यक्त गरियो । अध्यक्ष रेग्मीले भारत सरकारले दिएको बधाई तथा शुभकामनासंगै गरेको सहयोग प्रस्तावप्रति धन्यवाद व्यक्त गरेका थिए । यसैबीच सार्कका महासचिव अहमद सलिमले पनि मन्त्रिपरिषद् अध्यक्ष रेग्मीसंग भेटेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger