Widgets

Home » , » 'एमाओवादीबाट निकासको अपेक्षा गर्न सकिन्दैन'

'एमाओवादीबाट निकासको अपेक्षा गर्न सकिन्दैन'

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

madav kumar nepal

काठमाडौ, चैत्र १५ - एमालेका नेता माधवकुमार नेपालले निर्वाचन असारमै गर्नु पर्ने बताएका छन् । सानादलहरुलाई समेत समेटेर निर्वाचनको मिति असारमै तोक्नुपर्ने बताउँदै नेपालले 'कारणबस नसकिए कात्तिक उपयुक्त हुने'बताए । विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै नेपालले असार मौसमका कारण निर्वाचन गर्न उपयुक्त नभएपनि भट्टराई सरकारलाई हटाउन र निर्वाचनको निश्चितताका लागि मात्र असारलाई रोजीएको बताए । अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीसको पद त्याग्दा उपयुक्त हुने नेपालले बताए । उनले भने,'सबै दलहरुबीच सहमति हुन्छ र त्यसको वातावरण बन्छ भने रेग्मीले पद त्याग गर्नु पर्छ ।' एमाओवादी उपयोगको नीतिमा अघि बढेकाले मधेसवादीसँगको उनीहरुको गठबन्धन पनि अपवित्र हुने बताए । एमाओवादीको राष्ट्रिय महाधिवेशनले नै सत्ता कब्जा र सम्पत्ती कसरी बटुल्ने भन्ने रणनीति पास गरेकाले एमाओवादीबाट मुलुकको निकासको अपेक्षा गर्न नसकिने बताए । नेपाली काँग्रेस लगायतका लोकतान्त्रिक पार्टीहरुसँग सहकार्य गरेर एमाले निर्वाचनमा जाने तयारीमा रहेको उनले बताए । उनले भने चार राजनैतिक दलका कारण रुष्ट भएर आन्दोलन गरिरहेका स-साना दलको मागलाई समेत सम्बोधन गरेर उनीहरुलाई पनि निर्वाचनमा लिएर जाने नेपालले बताए । त्यसैगरी मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले असारको दोस्रो सातामै संविधानसभाको अर्को चुनाव गराउनका लागि छलफल भइरहेको बताएका छन् । उनले असारमै चुनाव गराउनका लागि आफूहरुले सरकार त्यागेको समेत बताए । 'असारको पहिलो साता वा १०-१२ गतेको विचमा चुनाव गराउनुपर्छ,' विराटनगरमा सञ्चारकर्मीहरुसित उनले भने,'बिरोधमा रहेका दलहरुसित पनि कुराकानी गरेर चुनावमा सहभागी गराउने प्रयास भइरहेको छ ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger