Widgets

Home » , » खरायोदेखि चितुवासम्मलाई दूध खुवाउने आमै

खरायोदेखि चितुवासम्मलाई दूध खुवाउने आमै

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

kapali-1
१५ चैत, काठमाडौं । तीन छोराछोरी हुर्काएकी काठमाडौं टोखाकी मैया कपालीले बालबच्चा स्याहार्ने कामबाट अझै छुटकारा पाउनुभएको छैन । ७ वर्षअघि जागीर खोज्दै ललितपुरको चिडियाखाना पुगेकी उहाँलाई बच्चा स्याहार्ने काम नै मिल्यो । तर मान्छेको होइन, जनावरको ।
kapali-2
‘बाहिरबाट उद्दार गरेर ल्याइएको जनावरका बच्चा हुर्काउने काम मैले नै गर्छु’ कपालीले अनलाइनखबरसित भन्नुभयो-’मान्छेको बच्चा स्याहार्नभन्दा पनि गाह्रो हुन्छ ।’ तर नौलो अनुभूति हुने भएकाले उत्तिकै रमाइलो पनि हुने उहाँले बताउनुभयो ।कपालीले दुईवटा चितुवाको बच्चासँगै मृग, बिरालो र खरायोका थुप्रै बच्चा हुर्काइसक्नुभएको छ । ‘मान्छेको बच्चालाई जस्तै काखमा राखेर दूध खुवाउने, सुम्सुम्याउने, न्यानो बनाउने सबैथोक गर्नुपर्छ’ कपालीले भन्नुभयो-’मैले आफ्ना छोराछोरीलाई जसरी हुर्काएँ, जनावरका बच्चाहरुलाई पनि उसैगरी हुर्काएको छु ।’
मान्छेको बच्चालाई जस्तै जनावरका बच्चालाई पनि तातो-चिसो, दुखेपोलेको, रोग लागेनलागेको सबै कुराको ख्याल गर्नुपर्छ । ‘समय समयमा दूध, पानी, भिटामिन, औषधि सबै कुराको ख्याल गर्नुपर्छ’ कपालीले भन्नुभयो ।दिनभरी जनावरका बच्चाको स्याहारसुसार गर्दा मायाममता पनि उसैगरी बढ्ने गर्छ । त्यसैले तीन छोराछोरीकी आमा मैयालाई जनावरका बच्चाप्रति माया झन् बढी मौलाउन थालेको छ । ‘यिनीहरुका त आमाबा कहाँ छन् कहाँ, टुहुरा हुन्, टुहुरा बच्चालाई काखमै राखेर हुर्काउँदा बढी माया लाग्ने गरेको छ’ मैया कपालीले भन्नुभयो ।
बच्चालाई काखमा राखेर हुर्काउँदा दिसापिसाब र फोहोर पनि गर्छ । तर कपालीलाई कहिल्यै घिन लाग्दैन । ‘आफ्ना बच्चाले काखमा फोहोर गर्यो भने घिन लाग्दैन नि, हो यस्तै यी जनावरका बच्चाले फोहोर गर्दा पनि मलाई घिन र सिकसिक केही लाग्दैन’ कपालीले भन्नुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger