Widgets

Home » , » बेलायतमा पनि लेखिने भो ‘नोटबुक’

बेलायतमा पनि लेखिने भो ‘नोटबुक’

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नेपाली सिनेमाको अन्तरराष्ट्रिय बजार बृद्धी भइरहेको छ । चलचित्रहरु विभिन्न देशमा प्रदर्शन हुने क्रम जारी छ । यसैक्रममा चलचित्र ‘नोटबुक’ पनि बेलायतमा प्रदर्शन हुने भएको छ ।चलचित्रको निर्माण युनिट र बेलायतमा बस्ने कास्की जिल्ला स्थायी घर भएका अमन गौचनबिच बिहिबार सम्झौता भएको हो । सम्झौता अनुसार बेलायतमा हुने प्रत्येक शो अनुसारको केही रकम अमनले ‘नोटबुक’ युनिटलाई दिनुपर्नेछ । ‘नोटबुक’ को निर्माणपक्षलाई बेलायतमा हुने प्रत्येक शो वापत २ लाख रुपिया दिने सहमती भएको छ । अमनले बेलायतमा ‘नोटबुक’ को ५ शो गर्ने बताएका छन् ।
प्रज्ञा जोशीको निर्माणमा योगेश घिमिरेले निर्देशन गरेको यो चलचित्रमा जीवन लुइटेल, निता ढुंगाना, सेन सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रले वि.सं २११८ को नेपाल देखाउने बताइएको छ । यो चलचित्र चैत्र ३० गतेबाट नेपालभर प्रदर्शनमा आउदैछ । ८० लाखको लगानीमा निर्माण भएको भनिएको यो सिनेमाको बेलायत शो बिक्री भएपछि निर्माता जोशीलाई केही राहत हुने पक्का छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger