भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, चैत्र १५ - कांग्रेसले आगामी संविधानसभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन गरेर अघि बढ्ने बिषयलाई पार्टीभित्र औपचारिक एजेण्डाकै रुपमा छलफल चलाउने भएको छ । कांग्रेस केन्द्रीय कार्य समितिको विहिबारदेखि सुरु हुने बैठकमा लोकतान्त्रिक मुल्य मान्यता सहितको संविधान निर्माणमा सहमत हुने पक्षधरसँगको गठबन्धन निर्माण गरी अघि बढ्ने दिशामा छलफल गरी निर्णय लिईने प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बताए । यस्तो गठबन्धन तत्कालिन संविधानसभामा आफूहरुले उठाएको नयाँ संविधानको अन्र्तबस्तुमा नजिक रहेका लोकतान्त्रिक दलहरुसंग गर्ने कांग्रेसको तयारी छ । 'संघियता, शासकीय स्वरुप लगायत संविधानको अन्र्तरबस्तुमा सहमत हुने पक्षधरहरुसंग एकता कायम गर्ने बिषय पार्टीभित्र उठीरहेको छ' प्रवक्ता बडुले भने,'यो बिषयलाई पार्टीभित्र छलफल चलाएर आवश्यक निर्णयमा पुगिन्छ ।' कांग्रेस सभापति सुशिल कोइरालाले मंगलबार पोखरामा लोकतान्त्रिक शक्तिहरुबीचको एकता गरेर अघि बढ्ने बताएका थिए । कोइराला कांग्रेसले चाहे अनुसारको संविधान निर्माण गर्नका लागि निर्वाचनमानै गठबन्धन निर्माण गर्नुपर्ने पक्षमा उभिएका छन । तर, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल भने सकारात्मक छैनन । गठबन्धन निर्माण गर्न व्यवहारिक रुपमा कठिनाई हुने देउवा र पौडेलको भनाई छ । अन्तरिम चुनावी मन्त्रिपरिषदपछि पहिलोपटक बस्न लागेको कांग्रेस केन्द्रीय समितिको बैठकमा निर्वाचनका तयारी र त्यसका लागि आवश्यक रणनीति तयार गर्ने दिशामानै छलफल केन्दि्रत हुने भएको छ । केही केन्द्रीय सदस्यहरुले भने प्रधानन्यायधिशलाई राजीनामा दिन नलाई नेतृत्वले सहमती जनाएको भन्दै त्यसको सयुक्त रुपमा विरोध जनाउने तयारी गरेका छन । उनीहरुले बैठकमा असारमै निर्वाचन गराउने, प्रधानन्यायधिश कार्यपालिकाको प्रमुख भईसकेको अवस्थामा न्यायपालिकाबाट राजीनामा दिनुपर्ने माग उठाउने भएका हुन । 'प्रधान्यायधिशले राजीनामा दिनुपर्छ भन्ने माग एउटा व्यक्तीसंग नभएर लोकतान्त्रिक शिद्धान्त र आदर्शसंग जोडिएको बिषय हो । केन्द्रीय समितिको बैठकमा जति जना भएपनि यो बिषय हामी उठाउूछौ । तर यसको अर्थ नेतृत्व तहलाई किनारामा धकेल्ने या समाप्त पार्ने हाम्रो अभिष्ट होइन' कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले भने,'असारमै निर्वाचन हुनुपर्छ भन्नेमा हाम्रो जोड छ । त्यसमा हाम्रो कुनै विरोध छैन ।' बडुले बैठकमा नेताहरुले गरेको निर्णयमा 'रिजर्भसन' राख्न सकिने भएपनि निर्णय उल्टने अवस्था भने नरहने बताए । 'तीनवटै नेतालाई केन्द्रीय समितिले विश्वासका साथ निर्णय गर्ने अधिकार दिईएको हो । नेताहरुले चुनावमा जानका लागि एउटा निर्णय लिईसकेको अवस्थामा अव उल्टने या परिवर्तन हुने कुरा हुदैन । असहमती राख्न सकिन्छ' बडुले भने । असारमै निर्वाचन हुनुपर्छ भन्नेमा पार्टीभित्र सवैको एकमत भएपनि कांग्रेसले त्यस अनुसारको तयारी भने गरेको छैन । १२ औं महाधिवेशन सम्पन्न भएको तीन बर्ष वित्न लाग्दा समेत कांग्रेसका विभाग र समितिहरुले पुर्णता पाएको छैन । निर्वाचनका जानका लागि संसदीय समिति तत्काल बनाउनुपर्ने हुन्छ । कांग्रेसको संसदीय समितिले नै पार्टीबाट उम्मेदवार चयन -टिकट दिने) गर्ने काम गर्छ । समितिमा सभापति, उपसभापति, महामन्त्री द्धोय, कोषाध्यक्ष, सहमहामन्त्री, संसदीय दलका नेता पदेन सदस्यबाहेक आठ जना सदस्य कार्यसमितिले चयन गर्ने व्यवस्था छ । पार्टीभित्रको किचलोका कारण सहमहामन्त्री नियुक्ती हुन सकेको छैन भने हाल ससदीय दलको नेता समेत नभएको अवस्था छ । असहमत पक्षलाई मिलाएर समितिलाई पुर्णता दिन कोइरालालाई कठिनाई परीरहेको छ । प्रवक्ता बडुले निर्वाचनको तयारीमा जानुपर्ने भएकाले संसदीय समिति निर्माण गर्ने बिषयमा पनि छलफलमा आउने बताए । बैठकले पार्टीका तर्फबाट घोषणापत्र बनाउने तयारी समेत गर्ने भएको छ । त्यस्तै गाउू-गाउूमा मतदाताहरुलाई जागरण अभियान चलाएर नाम छुटेकालाई मतदाता नामावलीमा समावेश गराउने, नाम विग्रेकालाई सच्याउन लगाउनेखालका कार्यक्रम संचालन गर्न तत्काल निर्देशन दिने बडुले जानकारी दिए । कांग्रेसले निर्वाचन असारमा नहुने अवस्था भए महासमिति बैठक बोलाउने तयारी समेत गरेको छ । त्यसका लागि नवलपरासीमा चैत २६ गतेदेखिनै २९ सम्म हुने अनौपचारिक तयारी समेत भएको छ । त्यसको औपचारिक निर्णय समेत केन्द्रीय समितिले गर्नेछ । कांग्रेसले चार पक्षबाहिर रहेका राजनीतिक शक्तिलाई समेत विश्वासमा लिएर स्वतन्त्र र भयरहित निर्वाचन गराउन दिशामा सरकारले आवश्यक छलफल गरी चाडै निर्वाचनको मिति तोक्न समेत आग्रह गर्ने भएको छ । मतदाता नामावली तयार गर्नुपर्ने, छुटेकालाई नाम समावेश गर्न आवश्यक समय दिनुपर्ने, त्रुटी भएकालाई सुधार गर्नुपर्ने लगायतका प्राविधिक काम समेत पुरा गर्न प्रयाप्त समय चाहिने भएकाले असारमै निर्वाचन हुनेमा कांग्रेसको शंका छ । 'हाम्रो भनाई यथाशक्य निर्वाचन हुनुपर्छ भन्ने छ । तर, संविधान निर्माणका लागि हुन गईरहेको निर्वाचनमा चार पक्षमात्रै निर्णायक भएर हुदैन । सवै राजनीतिक दललाई विश्वासमा लिएर जानुपर्छ । त्यसका लागि राजनीतिक दल र सरकारले संवाद थाल्नुपर्छ' बडुले भने,'यो सवै बिषयलाई ध्यानमा राखेर सरकारले यथाशक्य निर्वाचनको मिति तोक्नुपर्छ भन्ने हाम्रो जोड हो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.