Widgets

Home » » आयोगले सम्झ्यो साहनालाई

आयोगले सम्झ्यो साहनालाई

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

sahana

काठमाडौं, चैत्र १५ - राष्ट्रिय महिला आयोगका पदाधिकारीले एक वर्षदेखि थला परेकी पूर्वमन्त्री एवं एमाले नेतृ साहना प्रधानलाई बुधबार उनकै निवासमा गएर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आयोगकी अध्यक्ष शेख चाँदतारा, सदस्यहरू मोहना अन्सारी, मनु हुमागाईँ, उर्मिला विश्वकर्मा, धनेश्वरी चौधरी, आयोगका सचिव शरदराज बिष्टलगायत टोली प्रधानको स्वास्थ्य स्थितिबारे बुझ्न उनको सानेपास्थित निवास पुगेको हो । टोलीले आयोगले घोषणा गरेको सम्मानपत्र हस्तान्तरण गर्‍यो । थलिएकी नेतृ प्रधानले सम्मानपत्र समात्न सकिनन् । सम्मानपत्र थमाउँदै आयोगकी अध्यक्ष चाँदताराले भनिन्, 'तपाईंहरूले उठाउनुभएको महिलाका मुद्दा हाम्रा लागि प्राथमिकताका विषय हुन् । तपाईंले हिूड्नुभएको बाटोमा नै हामी हिूडिरहेका छौं, अझ अघि बढ्दैछौं ।' अध्यक्षले यसो भनिरहूदा प्रधान अवाक् थिइन् । उनी बोल्न सक्दिनन् तर अरूले बोलेको राम्ररी सुन्न र बुझ्न सक्छिन् । आयोगले एक साताअघि आफ्नो स्थापना दिवसका अवसरमा महिला अधिकारका क्षेत्रमा डटेर काम गरेका तीन महिलालाई सम्मान गरेको थियो । जसमध्ये करिब छ दशकदेखि महिलाको हक अधिकारका निम्ति आन्दोलनरत नेतृ साहना प्रधान र २००२ सालदेखि महिला अधिकारका निम्ति सक्रिय शान्ता श्रेष्ठ र बिनाअपराध जेल जीवन जिउन बाध्य बालबालिकाको अधिकार दिलाउन सक्रिय पुष्पा बस्नेत सम्मानित भएका थिए । अस्वस्थताका कारण उक्त सम्मानपत्र ग्रहण गर्न प्रधान आउन नसकेपछि आयोगका पदाधिकारी सम्मानपत्र दिन सानेपास्थित निवास पुगेका थिए । उनी छोरा र बुहारीसूगै बस्दै आएकी छन् । कुनै रोग नलागेको तर बुढ्यौलीले समस्या पारेको चिकित्सकहरूले बताएका छन् । उनी कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी श्रीमती हुन् । विवाहअघिदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय उनले मुलुकमा महिला अधिकार स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger