Widgets

Home » » एउटी बालिकामाथि यस्तो तानातान

एउटी बालिकामाथि यस्तो तानातान

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, चैत्र १५ - काठमाडौंका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा साउदी अरबमा बलात्कृत भएकी एक युवती (नाम गोप्य) ले अनिच्छित गर्भबाट जन्माएको एक बालिका-(नाम गोप्य) माथिको संरक्षणसम्बन्धि विवादमा निर्णय गर्दा कठोर 'कानुनी' तर्क मात्र गर्छन् । भन्छन्,'त्यसरी जन्मेको भए, त्यसको पनि प्रमाण त चाहियो नि ।' शर्माले ती युवतीद्धारा संरक्षणका लागि जिम्मा लगाइएकी चिलियन महिला (नाम गोप्य) बाट छुटाएर बालिकालाई बालमन्दिर पठाएको दुई महिना भइसकेको छ । त्यो थाहा पाएर यु्वती आफ्नो नयाँ घरजमलाई समेत जोखिममा राखी राजधानी आइन । आफ्ना छोरी फिर्ता पाउँ भन्दै उनले बालमन्दिरलाई निवदेन दिइन । बालमन्दिरले हकदाबीको जानकारी शर्मालाई गरायो । तर उनी त्यसलाई मान्य ठान्दैनन । शर्मा स्वाभाविक रुपमा विवाह भएर बच्चा जन्माएको अवस्थाको जस्तै कानुनी प्रमाण देखाए मात्र आमा हो भनेर ठहर गर्न सकिने जिकिर गर्छन् । उनी बालत्कार, अनिच्छित गर्भ, टार्न नसकिने अवस्था, वच्चाको जन्म, स्याहारसुसार, पालनपोषण र संरक्षणमा कसैले पुर्‍याएको योगदानको पनि प्रमाण खोज्छन् । 'यदी उनको वच्चा हो भने छ वर्षसम्म के हेरेर बसेको ?' कान्तिपुरको जिज्ञासामा उनले भने । 'के त्यस्तो परिवन्दमा परेकी एउटी महिलाले तपाईंले भनेजस्तो साहस देखाउनसक्ने समाज हामीकहाँ छ र?' यो प्रश्नमा चाहि उनी भन्छन्-'यसरी सवाल जवाफ नगरौं, कानुनी प्रक्रियाअनुसार सबै कुरा हुन्छ ।' उनले ती युवतीले वच्चा जन्माएर अन्तराष्ट्रिृय गिरोहको जिम्मा लगाएको आरोप पनि लगाए । वच्चाको विषयमा भइरहेको नाटकीय मन्चनका विषयमा आफूलाई राम्रोसँग जानकारी भएका पनि उनको दाबी छ । ........ ती युवती सात वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरव गइन् । थोरवहुत कमाएर जीवन सुखी पार्ने उनको सपना त्यहाँ पुग्नेवित्तिकै तुषारापात भयो । घरमालिकले लगातार बलत्कार गरेपछि उनी अनिच्इित गर्भ लिएर नेपाल फर्किइन् । राजधानीका सडकमा त्यत्तिकै भौंतिरिरहेका बेला एक चिलियन महिला (नाम गोप्य)ले उनलाई भेटिन । ती महिला एउटी नेपाली युवतीको अवस्थाबाट भावविभोर हुँदै हरेक सहयोगका लागि तयार भइन । चिकित्सकले वच्चा जन्माउनुको विकल्प नभएको बताए, अन्यथा गर्दा ज्यानकै खतरा हुन्थ्यो । बच्ची जन्मिइन, चिलियन महिलाले सुत्केरी उतारिदिइन । एक वर्ष सूगै बसेपछि युवतीले छोरी चिलियन महिलाकै जिम्मा लगाइन र गाउू फर्किन । बाबु चिनाउन नसकिने, नेपाली समाजले नपचाउने अवस्थाबाट जन्मेकी वच्चा लिएर संघर्ष गर्ने उनको सामथ्र्य पक्कै थिएन । उनले गाउू गएर नयाँ घरजम गरिसकेकी छिन् । छ वर्षकै भइसकेकी छिन् ती सुन्दर बालिका (नाम गोप्य) । नेपाली, अंग्रेजी अत्यन्त मिठो बोल्छिन् । तर पछिल्ला दुई महिनादेखि उनको जीवनमा पनि कालो छायाँ मडारिएको छ । उनलाई गैरकानुनी र जोखिमपूर्ण रुपमा राखिएको छ भनेर स्माइल नेपाल नामक एक संस्थाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दियो । त्यो संस्थाका अध्यक्ष प्रधानमन्त्री कार्यालय मातहातको लगानी वोर्डका प्रमुख राधेश पन्त हुन् । उजुरीलगत्तै शर्माले बालिकालाई बालमन्दिर पठाए र हकदाबीका लागि ३५ दिने सूचना जारी गर्न लगाए । त्यो म्याद गुज्रिसकेको छ । शर्मा अर्को २१ दिने थप म्यादवाला सूचना जारी गर्ने तयारीमा छन् । कान्तिपुरको अनुसन्धानबाट के खुल्न आउूछ भने युवतीले वच्चा जन्मेको एक वर्ष भइसकेपछि अधिवक्ता गोविन्द वन्दीबाट कागजी तथा भिडियो रेकर्डसहितको अभियोजन गर्न लगाएर चिलियन महिलालाई संरक्षणको प्रदान गरेकी थिइन । त्यसपछि उनी गाउँ फर्किन । मुलुकको विद्यमान बालबालिकासम्बन्धी कानुनले धर्मपुत्रसम्बन्धि स्पष्ट व्याख्या गरे पनि विदेशी नागरिकले नेपालमै रहेर स्वदेशी बालबालिकाको संरक्षण गर्नेबारे केही बोलेको छैन । चिलीमा जन्मेर बेलायतको नागरिकता लिएकी ती महिला बालिकालाई कोही योग्य व्यक्तिको धर्मपुत्री बनाइदिन कोसिस पनि आफूले गरेको बताउूछिन् । 'तर कोही तयार भएनन्, अहिले उजुरी गर्नेहरुले पनि त्यतिबेला मानेनन् । मेरो कतिपय अवस्थाले एडप्ट -धर्मसन्तान बनाउनु) गर्न सकिन । तर मैले उनलाई छोरी बनाएरै पालेकी छु,' उनले भनिन्, 'कसैले विधि पुर्‍याएर उनलाई एडप्ट गर्छ भने म खुसी छु । तर यहाँ कसैले मसूगको रिसका कारण अहिले उनलाई खोस्न लगाएको छ ।' 'एउटा विशेष अवस्थाका आमावच्चालाई मैले सहयोग गरेको हुँ । मैले कुनै गैरकानुनी काम गरेको छैन । गरेको छ भने सरकारले छानवीन गरोस् । मैले हुर्काएको एउटा वच्चालाई त्यतिकै उठाएर लगियो । वच्चा जन्माउने आमा स्वयम अहिले आएकी छिन् । उनको सुनुवाई हुनुपर्छ होला,' उनले थपिन । यो प्रकरणसँग जानकार व्यक्तिहरुका अनुसार चिलियन महिला र उनको कुनै समय राम्रो मित्रता भएकी अनु पन्त (स्माइल नेपालकी उपाध्यक्ष)बीच 'अह्म युद्ध' (इगो क्ल्यास) सुरु भएपछि बालिका शिकार बनेकी हुन् । चिलियन महिला र ती बालिकाको सम्बन्धको प्रशंसा गर्दै अनुका पति राधेशले डेढ वर्षअघि 'लेटर अफ रिकमन्डेसन' समेत लेखेका थिए । 'कुरा मिलेन, त्यसपछि बालिका हात पाएर सेखी झार्ने खेल सुरु भएको हो,' प्रकरणसूग जानकार र आफूलाई वालिकाको हितप्रति चिन्तित भन्न चाहने महिला उद्यमी शोभा रायमाझी भन्छिन् । उनी राज्यद्धारा निर्देशित विधि पूरा गरेर आफूजस्ता धेरै जना वालिकाको संरक्षण गर्न तयार रहेको उल्लेख गर्छिन् । साथसाथै बालिका र उनकी आमालाई सहयोग पुर्‍याउने विदेशी महिलामाथि पनि न्यायोचित व्यवहार हुनुपर्ने, आमाको निवेदनमाथि पनि न्याय हुनुपर्ने रायमाझीको भनाइ छ । स्माइल नेपालका अध्यक्ष पन्तले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिन चाहेनन् । श्रीमती पन्त पनि सम्र्पकमा आउन चाहिनन् । बालिकाको स्याहारसम्भारमा कुनै समस्या नभएको पाइएको स्वयम् प्रजिअ शर्मा स्वीर्काछन् । 'हामीले उजुरीपछि अनुगमन गर्न जाँदा बालिकाको अवस्था राम्रो थियो, तर चिलियन महिलाले धर्मपुत्री बनाउने प्रक्रिया पूरा गर्न सकिनन्,' उनले भने । उनको यो भनाइ चिलियन महिला पनि स्वीकार्छिन । बाल मन्दिरका अधिकारीहरुको दाबीअनुसार शर्मा बालिका जसरी पनि पन्त जोडीलाई दिलाउन चाहन्छन् । घटनाक्रमले के पनि देखाउँछ भने बालिका संरक्षणसम्बन्धी विवादलाई कुनै बेला राम्रो सम्बन्ध भएका सचेत र हुनेखाने महिलाहरुबीचको आपसी 'इगो'ले विग्रहतर्फ उन्मुख हुने गरी जटिल बनाइरहेको छ । 'त्यसलाई संग्ल्याउने काम प्रजिअले पनि गर्न चाहेका छैनन्,' एक बालमन्दिरका अधिकारी भन्छन् । बालिकालाई जन्म दिने आमा -वायोलोजिकल मदर)ले कान्तिपुरसूगको कुराकानीमा आफ्नी छोरीलाई जवर्जस्ती वेवारिसे, टुहुरो बनाउन खोजिएको थाहा पाएर ठूलो सामाजिक जोखिमका बाबजुद पनि राजधानी आएको बताइन । 'मैले जन्माएकी हुँ, ममी (चिलियन महिला)ले मर्न लागिसकेकी मलाई बचाउनुभयो, छोरी स्याहार्नुभयो, पछि उहाँलाई जिम्मा लगाउनुको विकल्प थिएन । म उहाूको बोझ भएर सधैं बस्न सक्दैनथे, म हिंड्नपथ्र्यो,' उनले भनिन् । बागबजारस्थित मितेरी अस्पतालमा उनले अक्टोबर ६, २००६ मा ती बालिकालाई जन्म दिएको 'वर्थ सर्टिफिकेट'बाट प्रस्ट हुन्छ । 'ममीलाई जवर्जस्ती गलत देखाउन खोजिंदैछ, उनी गलत भए प्रमाणित गर्नुपर्यो । मेरी छोरी हो, मलाई दिनुपर्‍यो, मैले वकिल राखेर प्रमाण पुर्‍याएर ममीको जिम्मा लगाएको हुँ,' उनले भनिन् । ती युवतीकी सहोदर दिदी (नाम गोप्य) पनि यतिखेर वालिकाको जिम्मा लिन तयार छिन् । उनले त्यसका लागि जिप्रकामा निवदेन पेश गरेको थिइन् । यसबारे शर्मा भन्छन्-'कोही ठूलीआमा भनेर पनि आए, त्यसको प्रमाण के ?' बालमन्दिरको सन्चालक समितिका एक सदस्य यो प्रकरणलाई कुनै व्यक्ति विशेषको इच्छापूर्तिका लागि गरिएको सरकारी ओहोदाको प्रभावको दुरुपयोग भन्छन् । 'एकदमै ठूलो खेल भयो,' उनले भने, 'बालिकाको साँच्चै माया गर्ने भए यत्रो खेल किन ?'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger