Widgets

Home » , » रक्त परिक्षणबाटै अल्जाइमरको खतराबारे पूर्व सूचना पाइने

रक्त परिक्षणबाटै अल्जाइमरको खतराबारे पूर्व सूचना पाइने

Written By sangalo on Thursday, March 13, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अमेरिकी शोधकर्ताहरुका अनुसार रगत परीक्षणको माध्यमबाट समयमै अल्जाइमर अर्थात विर्सने विमारीबारे जानकारी पाउन सकिन्छ । रगतमा हुने दश बोसोको स्तरको परीक्षण गरेर आउने तीन वर्षमा अल्जाइमरको जोखिम ९० प्रतिशतसम्म सटिक रुपमा जान्न सकिन्छ । नेचर मेडिसिन जर्नलमा छापिएको अध्ययन अनुसार अब यो अध्ययनलाई ठूलो स्केलमा परिक्षण गरिँदैछ । अल्जाइमर यस्तो विमारी हो, जसले विरामीको स्मरण शक्तिलाई कमजोर बनाउँछ र यसको अहिलेसम्म कुनै उपचार छैन । अहिले विश्वमा ४.४ करोड मानिस यो समस्याबाट पीडित छन् र २०५० सम्ममा यो तीन गुणा हुने अनुमान छ । यो रोगले गोप्य रुपमा दिमागमा असर गर्छ र करीव एक दशकपछि यसको प्रारम्भीक लक्ष्यण देखा पर्छ । निकै ढिला मात्र थाहा हुने र यसको औषधीको परीक्षण सफल नभएकाले डाक्टरहरुले यसलाई उपचारहिन रोग भन्ने गरेका छन् । त्यसैले अहिले भइरहेका अध्ययनहरु समयमै अल्जाइमरको जोखिम पत्ता लगाउनेतर्फ केन्द्रीत रहशेका छन् । बाशिंगटन डिसीस्थित जर्जटाउन विश्वविद्यालयका बैज्ञानिकहरुले ५ सय २५ जनाको रगतको नमूनाको विश्लेषण गरे । उनीहरु सबैको उमेर ७० वर्षभन्दा बढी थियो र अध्ययन पाँच वर्षसम्म चल्यो । उनीहरुमध्ये ५३ यस्ता व्यक्ति छानियो, जसलाई अल्जाइमरको समस्या भएको अनुमान थियो वा अल्जाइमरको अवस्था प्रारम्भीक थियो । उनीहरुको तुलना मानसिक रुपमा मवबुत रहेाक ५३ व्यक्तिको रगतसँग गरिएको थियो । बैज्ञानिकहरुले दुबै समूहको बीचमा दश लिपिड वा बोसोको स्तरमा फरक पाए । यसपछि शोधकर्ताहरुले अर्को रगतको नमूना लिए, जसले बोसोको आधारमा आउने दिनमा अल्जाइमरको जोखिम थाहा पाउन सकिने पत्ता लाग्यो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger