Widgets

Home » , » युएईमा ज्यान गुमाएका सुनारका परिवारलाई आर्थिक सहयोग

युएईमा ज्यान गुमाएका सुनारका परिवारलाई आर्थिक सहयोग

Written By sangalo on Sunday, February 16, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
निमुसंगम घर्ती ४ फागुन, दाङ । युएईमा ज्यान गुमाएका दाङका रेखवहादुर सुनारका पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । दाङ राजपुर-९ बनकट्टीका सुनारका परिवारलाई सहयोग उत्थान मञ्च युएईले आइतवार चार लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । रोजगारीको शिलशिलामा सुनारको निधन भएपछि मञ्चले आइतवार घोराहीमा पत्रकार सम्मेलन गरी परिवारलाई नगद ४ लाख ७ हजार ४ सय ७१ रुपैंया प्रदान गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्थले मृतक रेखबहादुरका श्रीमती दिलसरा सुनार र छोराहरु अर्जुन सुनार, राजन सुनार र सुर्य सुनारलाई चेक प्रदान गरेका हुन् । उक्त रकम एकता बिकास बैङकको खातामा जम्मा गरी दिने र सोही रकमको व्याज मार्फत छोरा, छोरीलाई पढाउन सहज हुने समितीका संयोजक दुर्गा सुनारले बताए । सुनारको गएको मंसिर ३० गते काम गर्ने शिलशिलामा हृदयघातबाट निधन भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger