Widgets

Home » » माहुरी मारेको अभियोगमा ४ महिना जेल

माहुरी मारेको अभियोगमा ४ महिना जेल

Written By sangalo on Sunday, February 16, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
bee story
पोल्याण्डको अदालतले माहुरी मारेको अभियोगमा त्यहाँकी एक महिलालाई ४ महिनाको जेल सजायँ सुनाएको छ । जोन एस ड्यु नामकी ती महिलामाथि २० लाख माहुरीको हत्या गरेको अभियोग लागेको थियो । अदालतका अनुसार उनले किटनाशक औषधीको प्रयोग गरी ३८५ घार माहुरीको नष्ट गरेकी थिइन् । मंगलबारको अन्तिम सुनुवाईमा उनलाई दोषी ठहर गर्दै जेल चलान गर्ने आदेश दिइएको छ । पोल्याण्डका स्थानीय संचारमाध्यमका अनुसार यी महिलाले सन् २०१० मा लामखुट्टे मार्न ब्यापक मात्रामा औषधी छरेकी थिइन् । तर, सो औषधीको प्रयोगले आसपास रहेका माहुरीपालक किसानका ठूलो मात्रामा महुरी नष्ट भए । यो आदेशबाट त्यहाँका माहुरीपालक किशान खुसी भएका छन् । यसले जथाभावी किटनाशक औषधी प्रयोगमा कमी आउने माहुरीको संरक्षमा बल पुग्ने उनीहरुको भनाई छ ।
स्रोत : अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger