Widgets

Home » , » नेपाली फुटबल टिमलाई जीताउन रंगशालामा कलाकारको हुर्रे

नेपाली फुटबल टिमलाई जीताउन रंगशालामा कलाकारको हुर्रे

Written By sangalo on Tuesday, September 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मंगलबार बेलुकी हुन लागेको नेपाल र पाकिस्तान बिचको फुटबल खेलमा नेपाली टिमलाई हौशला प्रदान गर्न नेपाली सिनेमाका चर्चित कलाकारहरु पनि पुग्ने भएका छन् ।यो सूचिमा चलचित्र ‘ढुवानी’ र ‘राजनीति’ यूनिटका कलाकार पुग्ने बताइएको छ । यि दुबै सिनेमा भदौ २८ गतेबाट प्रदर्शनमा आउदैछन् । यस्तै नेपाली टिमलाई जिताउन निर्देशक निश्चल बस्नेत, कलाकार दयाहाङ राई, चलचित्र निर्माण कम्पनी स्म्यासिङ एप्पलको टोली पनि रंगशाला पुग्नेछ ।
निश्चल बस्नेत केही समय अघि सम्म संकटा क्लबबाट फुटबल खेल्ने गर्दथ्य । राष्ट्रियतलाई वाधिराख्न आफूहरु रंगशालामा जान लागेको तर्क कलाकार दयाहाङ राईको छ ।
यस्तै फेसबुक मार्फत नेपाली सिनेमाका कलाकारहरुले नेपाली फुटबल टिमलाई शुभकामना दिइरहेका छन् । फुटबल र क्रिकेट प्रति लगाव भएका नायक जीवन लुइटेलले नेपाली टिमलाई शुभकामना दिएका छन् । ‘साफ च्याम्पियनसिपमा हामीहरुले ट्रफी जितेर नयाँ इतिहास रच्नेछौ’, जीवनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् । नेपाली सिनेमाका कलाकारहरु रातो जर्सी र नेपाली राष्ट्रिय झण्डा बोकेर रंगशालामा उत्रिने छन् ।
कलाकारहरुको यो टोलीलाई दर्शकले पनि खुलेरै साथ दिने विश्वास गरिएको छ । आफ्नो पहिलो खेलमा वंगलादेशलाई ० का विरुद्ध २ गोलले पराजित गरेको नेपालले मंगलबार आयोजना हुने खेलमा पाकिस्तानलाई पनि पराजित गर्ने विश्वास गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger