भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ भदौ, काठमाडौं । वीर अस्पतालको शैय्यामा ४३ दिनदेखि आमरण अनशनमा रहेका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई सरकारले जबर्जस्ती खाना खुवाउने (फोर्स फिडिङ)को तयारी थालेको छ । यता सर्वोच्च अदालतले आजै एक रिट उपर सुनुवाइ गर्दै अधिकारीका छोरा कृष्णप्रसादको हत्याको छानविन कार्य कहाँ पुगेको छ भन्नेबारे श्वेतपत्र जारी गर्न आदेश दिएको छ । अनशनमा बसेका अधिकारी दम्पतीले आजै कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मासमक्ष न्याय र जीवनरक्षाका लागि पत्र लेखेका छन् । अधिकारी दम्पत्तिका तर्फबाट लेखिएको पत्र सरोकारवालाहरुले शर्माको सचिवालयलाई बुझाएका हुन् ।
सरकार ‘फोर्स फिडिङ’को तयारीमा
‘मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आफें भेटेर कानुनी प्रक्रिया अघि बढेको जानकारी दिइसक्नुभयो, अधिकारीको गाउँमै प्रहरीले पुगेर घटनाबारे बुझिसकेको छ । मुद्दाको प्रक्रिया पनि अगाडि बढिरहेको छ । यति हुँदा पनि अनशन तोड्न नमानेपछि हैरानै भइयो । यो विषयमा अध्यक्ष रेग्मीसमेत अत्यन्तै गम्भीर बन्नुभएको छ ।’ एकजना सरकारी अधिकारीले नाम सार्वजनिक अनलाइनखबरसँग भने- ‘अब हामी ‘फोर्स फिडिङ’ मा लाग्न बाध्य भएका छौं र यसको तयारमिा लागेका छौं, अन्तरराष्ट्रिय प्रचलनमा पनि राज्यले मानिसलाई मर्न नदिन फोर्स फिडिङ गराउने सक्दोरहेछ ।’
अधिकारी दम्पत्तिले भनेअनुसार उनीहरुका छोराको हत्या चितवनमा भएको र उनीहरुले आरोप लगाएजसरी गोरखाका माओवादी कार्यकर्ताको संलग्नता प्रारम्भिक अनुसन्धान बाट नदेखिएको सरकारी स्रोतले प्रहरीको प्रारम्भिक अनुसन्धानलाई आधार मान्दै अनलाइनखबरसँग भन्यो, ‘अध्यक्षज्युले नै छानविन गर्छु भन्दा पनि नमानेपछि अब ‘फोर्स फिडिङ’बाहेक के गर्ने ? मान्छेलाई यत्तिकै मर्न दिनु त भएन ।’
अधिकारी दम्पत्तिले कामु प्रधानन्यायाधिशलार्इ पठाएको पत्र
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.