Widgets

Home » » लोग्नेलाई मारेर मासु पकाइन् महिलाले

लोग्नेलाई मारेर मासु पकाइन् महिलाले

Written By sangalo on Tuesday, September 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
296907-cookingpot-1322147049-350-640x480
मान्छे कतिसम्म निर्दयी बन्न सकेको हँ ? चीनमा एक महिलाले निर्दयीपनाको पराकाष्ठा प्रस्तुत गरेकी छिन् । ती महिलाले आफ्नै लोग्नेलाई मारेर मासु पकाएकी छिन् । अनहुइ प्रान्तको लुआन सहरकी ती महिलाले आफ्नो लोग्नेलाई मारिन्, उसको जिउलाई पानीमा पकाइन् अनि प्रहरीमा उजुरी गर्न गइन् । लोग्नेको जिउ शव काटेर पकाएपछि हत्या गरेको प्रमाण नभेटियोस् भन्ने उनको आकांक्षा थियो । ती महिलाले वास्तवमा बदला लिनको लागि लोग्नेलाई मारेर मासु पकाएकी रहेछिन् । लोग्नेले ५६ दिनकी छोरीको जिउमा अन्धविश्वासी भएर सियो रोपेको प्रति क्रुद्ध रहेकी उनले लोग्नेले आफुलाई पनि वर्षौँदेखि पीडा दिँदै आएको बताइन् । प्रहरीमा उनले दिएको बयान अनुसार लोग्नेमाथि आक्रमण गरी तिन दिनसम्म यातना दिएर उनले अन्त्यमा लोग्नेलाई मारेकी थिइन् । उनले लोग्नेलाई बाँधिन्, खाना र पानी पनि दिइनन् र नमरुन्जेल पिटिरहिन् । त्यसपछि उनले लोग्नेको सरीरलाई टुक्रा टुक्रा पारिन् अनि कुकुरमा पकाइन् । त्यसपछि उनी प्रहरीमा उजुरी गर्न गइन् आफुलाई आफ्नो लोग्नेले लामो समयदेखि हिंसा गरिरहेको भन्दै । लोग्ने आफुलाई पीडा दिएर कतै भागेको आशंका प्रहरीले गर्ने र आफुलाई हत्याको आशंका नगर्ने आशा उनको थियो । तर प्रहरीले उनको उजुरीको सुनुवाइ गर्ने क्रममा आखिर ती महिलाले लोग्नेलाई मारेर मासु पकाएको कुरा पत्ता लगाए । ती महिला र उनका लोग्नेको नाम भने खुलाइएको छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger