Widgets

Home » » ५२ वर्षीय छोराद्वारा २८ वर्षीय पितालाई दागबत्ति !

५२ वर्षीय छोराद्वारा २८ वर्षीय पितालाई दागबत्ति !

Written By sangalo on Tuesday, September 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सम्भवत पहिलोपटक ५२ बर्षका छोराले आफ्ना २८ बषिर्य बाबुलाई दागबत्ति दिन गइरहेका छन् । हरियाणाको मिरपुर गाउँका रामचन्द्र यादव अब आफ्ना फौजी बाबु हवलदार जगमाल सिंहको शवको प्रतीक्षा गरिरहेका छन् । जगमाल सिंहको शव ४५ बर्षदेखि ग्लेसियरमा पुरिएको थियो । उनले सपनामा पनि सोंचेका थिएनन कि बिमान दुर्घटनामा मृत्यु भएका आफ्ना पिताको शव ४५ बर्षपछि पाइन्छ भनेर । गत अगष्ट २२ मा भारतीय सेनाले ४५ बर्षअघि बिमान दुर्घटनामा मरेका सैनिकको शवसँगै जगमालको शव पनि फेला पारेको छ । शव फेला पार्दा शरीरमा सैनिक पोशाक कायम थियो भने खल्तीमा सैनिकको परिचय दिने कागजात पनि रहेको थियो । उनको साथमा परिचय खुल्ने पट्टासँगै बिमा नीति तथा उनका परिवारले पठाएको पत्र चिठी पनि भेटिएको छ । सन् १९६८ को फेब्रअरी महिनामा एक मालबाहक बिमान दुर्घटनामा यी सैनिकको मृत्यु भएको थियो । उनको शव सेनाले ढाक्का हिमनदीमा पाँच हजार चार सय मिटरको उचाईमा फेला परेको बताइएको छ । पर्वतारोहीले सन् २००३ मा उक्त क्षेत्रमा शव देखेका थिए । त्यसपछि सेनाले खोजी अभियान चलाएको थियो जसबाट चारवटा शव फेला पारेको थियो । आफै पनि सैनिक सेवाबाट अबकाश पाइसकेका रामचन्द्र भन्छन-’बिमान दुर्घटना हुँदा म ६ बर्षको थिएँ । अब म ५२ बर्ष भइसकेछु र मैले मेरा २८ बर्षका बाबुको शव पाउँदैछु ।’-एएफपी

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger