Widgets

Home » , » ‘होस्टेल’ चल्यो अब के त ?

‘होस्टेल’ चल्यो अब के त ?

Written By sangalo on Sunday, September 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
‘होस्टेल’ हेर्न दर्शक हलसम्म ओइरिएपछि यतिबेला नेपाली सिने नगरीमा खुशीको तरंग छाएको छ । नेपाली सिनेमा हेर्न लामो समय पछि हलमा दर्शक यसरी आएको पक्कै हो ।‘होस्टेल’ चलेसँगै धेरै निर्माता निर्देशकले अब आफूले बनाएको सिनेमा पनि चल्ने सपना देखिरहेका छन् । ‘होस्टेल’ किन र कसरी चल्यो भन्ने समिक्षा गर्न छोडेर मनको लड्डु खानेहरुको अब भिड नै लाग्नेछ । सिनेमा बनाउनबाट पछि हटेका अघि आउनेछन्, अब नेपालमा फेरी एक दर्जन ‘होस्टेल’हरु बनाउने तयारी गरिनेछ ।
तर ‘होस्टेल’ चल्यो भन्दैमा प्रदर्शनमा आउन लागेका अन्य सिनेमामा पनि यसको असर हुन्छ भन्ने अनुमान लगाउनु गलत भएको धेरैको विश्लेषण छ । ‘होस्टेल’को प्रचारको शैली, कथावस्तु, युवापुस्ता आकषिर्त गर्ने प्रोमो र संवाद चल्नुको मुख्य कारण थियो ।
प्रचारका लागि लाखौ रकम खर्च गरेर मात्र हुदैन तौर र तरिका पनि जान्नु पर्दछ भन्ने देखाएको छ सुनिल रावल निर्मित ‘होस्टेल’ले । ‘होस्टेल’ व्यापारको असर अब प्रदर्शनमा आउन लागेका सिनेमामा देखिने छैन । किनकी ‘लूट’ र ‘चपली हाइट’ चलेपछि उकासिने आशा गरिएको सिने नगरी झनै सुस्ताएको थियो ।
बर्षमा १ सय १५ वटा सिनेमा प्रदर्शनमा आउने नेपाली बजारमा एकाध सिनेमा चल्नु कुनै नौलो कुरा होइन । तर राम्रो सिनेमा बनाएर मार्केटिङ त्यसै अनुसार गर्ने हो भने दर्शक हलमा आउँछन् भन्ने पुष्टि भने ‘होस्टेल’ले गरेको छ ।
यसैले ‘होस्टेल’ चलेपछि दर्शक आफ्नो सिनेमामा पनि यसरी नै ओइरिन्छन् भन्ने सपना बुन्दै लड्डु खाने निर्माताहरुले व्यूझिएर प्रचारमा लाग्नु आवश्यक छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger