Widgets

Home » , » मलेशियामा २ सय २९ अवैध नेपाली कामदार पक्राउ सरकारद्वारा अवैध कामदार घरपकड अभियान सञ्चालन

मलेशियामा २ सय २९ अवैध नेपाली कामदार पक्राउ सरकारद्वारा अवैध कामदार घरपकड अभियान सञ्चालन

Written By sangalo on Tuesday, September 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ भदौ, मलेशिया । अवैध कामदार धरपकड गर्ने अभियानअन्तर्गत मलेसियन सरकारले पछिल्लो २४ घन्टामा २ हजार ४ सय ३३ विदेशी कामदार पक्राउ गरेको छ ।
Malesia-2
देशभरि सञ्चालन गरिएका ४० अप्रेसनबाट ती कामदार पक्राउ परेका हुन् । प्रहरीले ८ हजार १ सय ५ जनामाथि छानबिन गरेको थियो । त्यसमध्ये अवैध भएको निश्चित भएपछि पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ७ सय १७ इण्डोनेसियन, ५ सय ५५ बर्मेली, ३ सय ८७ बंगलादेशी र २ सय २९ नेपाली रहेका छन् । पक्राउ परेका बाँकीमा कम्बोडिया, भियतनाम, इण्डिया, पाकिस्तान, फिलिपिन्स, चीन, नाइजेरिया र थाइल्याण्डका छन् ।
मलेशियाले आइतबारबाट अवैध कामदार पक्राउ अभियान थालेको छ । यसका लागि सरकारले अध्यागमन विभाग, प्रहरी, सशस्त्र प्रहरी, रेला, सिभिल डिफेन्स, नेसनल रजिष्ट्रेसन डिपार्टमेन्टबाट २ हजार २ सय ७ कर्मचारी परिचालन गरेको छ । यो वर्षभरि अवैध कामदार हटाउने अभियान जारी रहने सरकारले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger