Widgets

Home » » दुइवटा टाउका भएको बालकको सफल शल्यक्रिया

दुइवटा टाउका भएको बालकको सफल शल्यक्रिया

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एउटा टाउको माथि अर्को टाउको पलाएको एक ८ वषर्ीय बालकको सफल शल्यक्रिया गरिएको छ । भारतको पश्चिम त्रिपुरास्थित एक दुर्गम गाउँको उक्त दुइटाउके बालकको कलकत्तास्थित एपोलो अस्पतालमा शल्यक्रिया गरी माथि पलाएको एक टाउको फ्याँकिएको हो ।
1
तोफाजल नामको उक्त बालकलाई निकै दुर्लभ मानिएको इन्सेफालोमेनिन्जोसेल नामक रोगका कारण गर्भमै थप टाउको पलाएको हो । यस्तो समस्या हरेक ५० हजार बालबालिकामध्ये एक जनामा देखिने गर्छ ।
2
डाक्टरहरुले त्यो अतिरिक्त टाउँको जैविक रुपमा परजिवी जुम्ल्याहा रहेको बताएका छन् । झण्डै एक किलो तौलको उक्त टाउकोभित्र मस्तिष्क कोषहरु पाइएका थिए ।
पाँच घण्टाको शल्यक्रिया मार्फत डाक्टर सिसिर दासले बालकको उक्त दोश्रो टाउको हटाएका हुन् ।
छोराको शल्यक्रिया गरेर एउटामात्र टाउको बनाइएपछि तोफाजलका बाउ निकै खुसी भएका छन् ।
जन्मिँदै छोराको दुइ वटा टाउका देखेपछि आफुलाई छोरो बाँच्ने आश मरेको र यसरी उपचार होला भनेर कहिल्यै नसोँचेको उनी बताउँछन् ।
शल्यक्रियापछि बालकले अहिले स्वास्थ्यलाभ गरिरहेको र उसको स्थिति सुधारोन्मुख रहेको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger