Widgets

Home » , » 'र्‍यापिड टेस्ट' गर्दा बर्डफ्लु

'र्‍यापिड टेस्ट' गर्दा बर्डफ्लु

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Bird

भक्तपुर, श्रावण २७ - पशु चिकित्सकको टोलीले 'र्‍यापिड टेस्ट' गर्दा थप एउटा फर्मको कुखुरामा बर्डफ्लु देखिएको छ । यसअघि व्यवसायीले केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा परीक्षण गराउने गरेमा शुक्रबारदेखि पशु चिकित्सकहरू फर्ममै पुगेर परीक्षण गर्न थालेका हुन् । सिपाडोल सेवा केन्द्रका प्रमुख विष्णु तामाङको टोलीले सिपाडोल- ८ स्थित रोशनी बुढाथोकीको र्फमको कुखुरा परीक्षण गर्दा बर्डफ्लु देखिएको थियो । थप परीक्षण गर्न प्रयोगशाला पठाउूदा पनि बर्डफ्लु देखिएपछि शनिबार उनको र्फमको कुखुरा नष्ट गरिएको हो । सामान्य प्रविधिबाट रोग लागे, नलागेको पत्ता लगाउने गरिएको छ । र्‍यापिड टेस्ट गर्दा 'इन्फ्लुन्जा ए पोजिटिभ' पाइएमा कुखुरा नष्ट गर्ने गरेको छ । पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टका अनुसार बुढाथोकीको ४ सय २९ कुखुरा नष्ट गरिएको छ । परीक्षण गर्दा बर्डफ्लु नपाइएमात्रै बिक्री गर्ने प्रमाणपत्र दिने व्यवसायीसूगको सहमति भएको थियो । स्वच्छ कुखुरामात्रै ओसारपसार गर्ने व्यवसायीको प्रतिबद्धता गराएर एक साताअघि ओसारपसारमा लगाएको प्रतिबन्ध खुला भएको थियो । भट्टका अनुसार दुई दिनमा भक्तपुरमा ४८ र्फमको कुखुरा परीक्षण गरिएको छ । परीक्षणका लागि तीन टोली खटिएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger