Widgets

Home » , » एक्लिए राजकिशोर

एक्लिए राजकिशोर

Written By sangalo on Saturday, August 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Rajkishor

काठमाडौं, श्रावण २७ - सहअध्यक्ष, दुई उपाध्यक्ष र एक महासचिवले पार्टी परित्याग गरेपछि मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादव एक्लिएका छन् । सहअध्यक्ष बीपी यादव, उपाध्यक्ष सीताराम अग्रवाल र महासचिव अकवाल अहमद शाहले शनिबार पार्टी परित्याग गरेका छन् । बीपी राहदानी दुरुपयोग प्रकरणमा मुछिएपछि सभासदबाट निलम्बित भएका थिए । शाह पूर्वमन्त्री पनि हुन् । डेढ महिनाअघि अर्का उपाध्यक्ष शेखअब्दुल जब्बार फोरम गणतान्त्रिक छाडेर राजेन्द्र महतो नेतृत्वको सद्भावनामा गएका थिए । महतोले पनि उनलाई उपाध्यक्ष बनाएका छन् । अब राजकिशोरसूग वरिष्ठ नेता राजलाल यादव, महासचिव शशीकपुर मियाँ र सचिव हेमन्त शर्मा खत्बे मात्रै छन् । राजलालबाहेक अरू खासै चिनिएका नेता होइनन् । २०६९ फागुन ६ मा अध्यक्ष जेपी गुप्ता भ्रष्टाचारी ठहरीएर जेल चलान भएपछि राजकिशोरले पार्टी कब्जा गरी सरकारमा समेत गएका थिए । बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । सरकारमै रहेका बेला उनले वीरगन्जमा महाधिवेशन बोलाएर आफैंलाई अध्यक्ष घोषणा गरेका थिए । बीपी, अग्रवाल र शाहले राजीनामा पत्र फ्याक्स/इमेलमार्फत अध्यक्ष राजकिशोरलाई बुझाएका हुन् । तीनै जनाद्वारा हस्ताक्षरित राजीनामा पत्रमा 'अध्यक्षले पार्टीको हित एवं विधानविपरीत सिंगो पार्टीलाई ध्वस्त पार्ने खालको क्रियाकलाप' गरेको आरोप लगाइएको छ । अध्यक्षले पार्टीलाई व्यक्तिगत लाभका लागि प्रयोग गरेको, संगठन विस्तारलगायतमा ध्यान दिन आग्रह गर्दा अटेर गरेको भन्दै उनीहरूले सम्पूर्ण सदस्यलाई गुमराहमा पार्ने काम गरेको आरोपसमेत लगाइएको छ । 'जिल्लामा गएर गुट/उपगुट सिर्जना गरी कार्यकर्तामा द्वन्द्व सिर्जना गरेकाले सिंगो पार्टी नै तहसनहस भएको छ,' उनीहरूद्वारा जारी विज्ञप्तिमा छ । उनीहरू आइतबार महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गर्दैछन् । यसैबीच शाहीकालीन पूर्वउपप्रधानमन्त्री तथा सद्भावनाका पुराना नेता बद्रीप्रसाद मण्डल र पूर्वसभासद रामानन्दन मण्डल हालै राजेन्द्र महतो नेतृत्वको सद्भावना प्रवेश गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger