Widgets

Home » , » भाषा समस्याले अनुसन्धानमा कठिनाइ

भाषा समस्याले अनुसन्धानमा कठिनाइ

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ साउन, ललितपुर । ‘नागरिकता कीर्ते’ आरोपमा पक्राउ परेका तिब्बतीमूलका एक चिनिया र प्रहरीको अनुसन्धान टोलीबीच एकले बोलेको भाषा अर्काले बुझ्न नसक्दा अनुसन्धानमा कठिनाइ परेको छ । टासी दोर्जे नाम गरेका अभियुक्तले केही समय पहिले ललितपुर जिल्लाबाट कीर्ते नागरिकता लिई यही साउन २१ गते काठमाडौँ आउँदै गरेको सूचनाका आधारमा अध्यागमन विभागको सहयोगमा महानगरीय प्रहरी परिसर ललितपुरले सो दिन उनलाई पक्रेको थियो । आवश्यक अनुसन्धान गर्न साउन २२ गते प्रहरीले पेस गरेअनुसार ललितपुर जिल्ला अदालतले सात दिन प्रहरी हिरासतमा राख्न स्वीकृत दिएकामा पाँच दिनको प्रयासबाट पनि भाषाको समस्याले अनुसन्धानको काममा प्रहरीलाई कठिनाइ परेको छ । ”उसले बोलेको तिब्बती भाषा हामी बुझ्दैनौँ, हामीले बोलेको नेपाली र विकल्पमा अङ्ग्रेजी पनि उसले पटक्कै बुझ्दैन” एक प्रहरी अधिकृतले कठिनाइ सुनाउनुभयो । आफूलाई लगाइएको आरोपमा प्रहरीले यथेष्ट प्रमाण र पुष्टयाइँ दिन नपाओस् भन्ने उद्देश्यले अप्ठयारो पार्न पनि उसले भाषा नबुझे जस्तो गरेको हुन सक्ने अधिकारीको अनुमान छ । “आरोपी आफैले दोभाषे राख्ने वा उसले जानाजान राख्न नचाहेमा राज्यले आफ्नो खर्चमा दोभाषे राखेर अनुसन्धान गर्नुपर्ने उचित समाधान हुन सक्छ” ललितपुर जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मङ्गल मानन्धरले भन्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रेको बताइए पनि कुन जहाजमा कुन देशबाट नेपाल आएको, नागरिकता कहिले लिएको भन्नेबारे सम्पूर्ण विवरण अनुसन्धानपछि मात्र दिइने महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता रामदत्त जोशीले बताउनुभयो । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger