भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ भदौ, काठमाण्डौं । संविधानसभा विघटन भएपछि नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका बैठक कक्ष हलहरु उपयोग हुन छाडे पनि संविधानसभा, व्यवस्थापिका संसद सचिवालयले भने केन्द्रलाई मासिक भाडा तिर्दै आएको छ ।
मासिक करिब साढे ५८ लाख भाडा पर्ने उक्त हल आगामी संविधानसभा गठन नहुँदासम्म उपयोगविना नै भाडा तिर्नुपर्ने निश्चित छ । मंसिरमा निर्वाचन सम्पन्न भयो भने पनि छ महिनाको भाडा उपयोगबिना नै जानेछ । जुन साढे तीन करोड रुपैयाँ हो ।
संविधानसभा विघटन लगत्तै तत्कालीन सरकारले चुनावको घोषणा गरेको र आफ्नै नयाँ भवनको भौतिक पूर्वाधार तयार गर्न सकिने अवस्था नभएकाले पनि भाडा तिरिरहनुपरेको संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभएको गोरखापत्र दैनिकमा खबर छ ।
नयाँ संसद भवन निर्माण परिकल्पना गरिएको दशकौं भए पनि अझै यसको सुरसार गरिएको छैन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.